एनआरएनए उपाध्यक्षमा जुनु गुरुङ सर्वसम्मत

काठमाडौँ । गैरआवासीय नेपाली संघको १२औँ बृहत् एकता महाधिवेशनमा जुनु गुरुङ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएकी छन् ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै गुरुङले आफूलाई विश्वासका साथ जिम्मेवारी सुम्पने सम्पूर्ण डेलिगेट्स, अग्रज, अभियन्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन् । उपाध्यक्ष गुरुङले प्राप्त विश्वास र समर्थनले आगामी दिनमा संस्थाको एकता, सुदृढता र उद्देश्य प्राप्तिका लागि अझ समर्पित भएर काम गर्ने प्रेरणा मिलेको बताएकी छन् ।
निर्वाचित गुरुङले एनआरएनएको मूल लक्ष्य—विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हकहित संरक्षण गर्ने—प्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहने उल्लेख गरेकी छन् । यहाँहरूको साथ, विश्वास र हौसलाले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले भनेकी छन् ।
जुनु गुरुङको सर्वसम्मत चयनले एनआरएनएभित्रको एकता र विश्वासलाई थप मजबुत बनाएको देखिन्छ । उनको नेतृत्व र सक्रियताले संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो फेस–टु–फेस बैठक काठमाडौँस्थित केन्द्रीय कार्यालय, बालुवाटारमा सफलतापूर्वक सम्पन्न भएको उपाध्यक्ष गुरुङले जानकारी गराएकी छिन् । उक्त बैठकले आगामी कार्ययोजना र संस्थागत गतिविधिहरूलाई अघि बढाउने दिशामा महत्वपूर्ण छलफल गरेको जनाइएको छ ।

Facebook Comments Box
टिकटक प्रयोग गरी चरित्रहत्या गरेको आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर अपराध मुद्दा दायर
१३ घण्टा अगाडि

1.8kViews 286 Shares Share on Facebook Share on Twitter काठमाडौँ — सामाजिक सञ्जालको दुरुपयोग गरी एक पुरुष र उनको परिवारको…

TOP
479 Shares