गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।ढक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Facebook Comments Box
टिकटक प्रयोग गरी चरित्रहत्या गरेको आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर अपराध मुद्दा दायर
१३ घण्टा अगाडि

1.8kViews 286 Shares Share on Facebook Share on Twitter काठमाडौँ — सामाजिक सञ्जालको दुरुपयोग गरी एक पुरुष र उनको परिवारको…

TOP
344 Shares