

अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
सुनसरी । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।
नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए ।
पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए । इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिनग स्थानीयले माग गरेका छन् ।इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउनका लागि स्थानीयले माग गरेका हुन् ।
समाज
थप सामाग्री-
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
-
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
-
सुकुमबासी बस्ती हटाएपछि देशभर विवरण संकलनमा सेना–प्रहरी सक्रिय, अधिकार क्षेत्रबारे प्रश्न
-
सुकुम्बासी बस्ती हटाउने अभियान विस्तार हुँदै: काठमाडौंपछि बर्दियामा पनि डोजरको संकेत
-
नेकपा केन्द्रीय संयोजन समितिको बैठक सम्पन्न : १९ प्रस्ताव पारित गर्दै राजनीतिक धारणा सार्वजनिक
टिकटक प्रयोग गरी चरित्रहत्या गरेको आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर अपराध मुद्दा दायर
१३ घण्टा अगाडि
1.8kViews 286 Shares Share on Facebook Share on Twitter काठमाडौँ — सामाजिक सञ्जालको दुरुपयोग गरी एक पुरुष र उनको परिवारको…



