आज चैत २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा लाभ मिल्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुने योग छ।

वृष- विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । तर, काममा माता पिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । कीर्तिमानी काम सम्पन्न हुने योग छ ।

मिथुन- गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पैतृक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालनमा कम र व्यापारमा बढी फाइदा हुने देखिन्छ ।

कर्कट- सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । तर, समयमै होश नपुग्नाले अनावश्यक खर्च मात्र हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्ने भएकाले सचेत रहनुहोला । ठूलो प्रयास गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन सक्छ।

सिंह- प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको अवसर पनि मिल्न सक्छ । तर, शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । आफ्नै कमजोरीका कारण विवादमा परिने सम्भावना छ।

कन्या- बन्धु बान्धव र इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रो प्रगति हुने योग छ । तर, सुरु भएको काममा रोकावट र आकस्मिक खर्च बढ्न सक्छ ।

तुला- आजको प्रयास निष्फल जस्तै बन्न सक्छ । काम बिग्रने भयले सताउन सक्छ । लगानी, दौडधुप र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तर, स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ । सहयोगीहरूले पनि अपेक्षित साथ नदिन सक्छन् ।

वृश्चिक- अनुकूल समय छ । सहयोगीहरूको राम्रो साथ पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तर, आलोचना र मान सम्मानमा आघात पुग्ने सम्भावना पनि छ । फाइदा कम मात्र हुने अवस्था रहन सक्छ ।

धनु- व्यापार तथा उद्योगमा फाइदाको योग छ । यात्रामा खर्च बढ्न सक्छ । प्रतिस्पर्धा र द्वन्द्वमा सावधानी आवश्यक छ । शत्रु र प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि राम्रो आम्दानीको अवसर प्राप्त हुनेछ।

मकर- असावधानीपूर्ण खानपानले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिन सक्छ । व्यवसायिक काममा अपेक्षित लाभ नहुन सक्छ । तर, सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने योग छ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट राम्रो लाभ उठाउन सकिनेछ । व्यापारमा पनि सुधार आउनेछ ।

कुम्भ- सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्न सक्छ, सचेत रहनुहोला । प्रयास गर्दा अवसरको फाइदा लिन सकिनेछ। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद हुने सम्भावना छ ।

मीन- काममा अवरोध आउने समय छ । सन्तान वा मातृ शक्तिको सल्लाह र सहयोगले फाइदा मिल्नेछ । आयआर्जन राम्रै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । उपहार प्राप्त हुने योग छ।

Facebook Comments Box
टिकटक प्रयोग गरी चरित्रहत्या गरेको आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर अपराध मुद्दा दायर
१३ घण्टा अगाडि

1.8kViews 286 Shares Share on Facebook Share on Twitter काठमाडौँ — सामाजिक सञ्जालको दुरुपयोग गरी एक पुरुष र उनको परिवारको…

TOP
280 Shares