

नवलपुर भ्रमणका क्रममा सुरक्षाकर्मीलाई निर्देशन—औपचारिकताभन्दा कार्यक्षमता र व्यावसायिकता प्राथमिकता
गृहमन्त्री गुरुङको स्पष्ट सन्देश: ‘पिर्के सलामी’ अब अस्वीकार्य

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ‘पिर्के सलामी’ नलिने घोषणा गर्दै सुरक्षा निकायमा अनावश्यक औपचारिकता अन्त्य गर्ने स्पष्ट सन्देश दिएका छन्।
नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका मन्त्री गुरुङले आफूले अबदेखि ‘पिर्के सलामी’ नलिने निर्णय सार्वजनिक गरेका हुन्। केही दिनयता विभिन्न जिल्लाको निरीक्षण तथा अनुगमनमा रहेका उनी आइतबार नवलपुर पुगेका थिए।
उनलाई सशस्त्र प्रहरीका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। सो अवसरमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, प्रहरी उपरीक्षक युवराज खडका, अनुसन्धानतर्फका एसपी अभिनय कुमार सिंहलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यालयमा आयोजित छलफलका क्रममा मन्त्री गुरुङले जिल्लाको शान्ति–सुरक्षा अवस्था, सम्भावित सुरक्षा जोखिम तथा व्यवस्थापनका विषयमा जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए।
उनले सुरक्षा निकायले औपचारिकता र प्रोटोकलभन्दा सेवा प्रभावकारिता, अनुशासन र जनउत्तरदायित्वमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। ‘पिर्के सलामी’ जस्ता अभ्यासले समय र ऊर्जा खर्च हुने भन्दै त्यस्ता परम्परा अन्त्य गर्नुपर्ने उनको धारणा थियो।
गृहमन्त्रीको यो घोषणालाई सुरक्षा संरचनामा सुधार र व्यावसायिकता अभिवृद्धितर्फको संकेतका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





