

सुकुम्वासी समाधानमा ठोस कदम चाल्न शाहीको माग, नागार्जुनका खाली भवन उपयोगको प्रस्ताव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी समस्या समाधानका लागि सरकारलाई स्पष्ट, व्यवहारिक र दीर्घकालीन कदम चाल्न आग्रह गरेका छन्।
आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। शाहीले नागार्जुन क्षेत्रमा निर्माण भएर खाली रहेका भवनहरूमा वास्तविक सुकुम्वासीलाई व्यवस्थापन गर्न सकिने सुझाव दिए। “नागार्जुनमा ठूला भवनहरू खाली छन्, वास्तविक सुकुम्वासीलाई त्यहाँ राख्न सकिन्छ,” उनले भने, “यदि ऐनमा समस्या छ भने नयाँ ऐन बनाउन पनि हामी तयार छौं।”
सरकारले सञ्चालन गरिरहेको सुकुम्वासी बस्ती हटाउने अभियानलाई सकारात्मक रूपमा लिँदै उनले त्यसलाई दीर्घकालीन समाधानसँग जोड्न आवश्यक रहेको बताए। “बस्ती हटाउनु मात्र पर्याप्त होइन, स्थायी व्यवस्थापन अनिवार्य छ,” उनले उल्लेख गरे।
सीमा नाकामा हुने कडाइबारे उनले साना घरायसी सामग्री ल्याउने सर्वसाधारणलाई अनावश्यक दुःख नदिन आग्रह गरे। १०० देखि ५०० रुपैयाँसम्मका सामान बोकेर आउने नागरिकलाई सहजता दिनुपर्ने उनले बताए। तर, घरायसी सामग्रीको नाममा हुने संगठित तस्करीलाई भने कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। “साना सामानमा खोसाखोस होइन, ठूलो तस्करी नियन्त्रण गर्नु सरकारको मुख्य जिम्मेवारी हो,” उनको भनाइ थियो।
संसदीय प्रक्रियाबारे उनले बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति त्याग्न सरकारलाई सुझाव दिए। संसदलाई छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उनको धारणा छ।
त्यसैगरी, विकासका लागि वर्षमा धेरै विधेयक पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नीति निर्माण प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे। जातीय विभेदको विषयमा उनले सांसद खगेन्द्र सुनारलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा होइन, प्रधानमन्त्री कार्यालयमै धर्ना दिन सुझाव दिएका छन्।
समाज
थप सामाग्री-
कक्षा १२ परीक्षार्थीलाई आईजीपी दानबहादुर कार्कीको शुभकामना: ‘राष्ट्रसेवामा समर्पित युवा शक्तिको प्रतीक्षा’
-
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन देशभर अभियान तीव्र, बुटवल र पर्सामा ठूलो मात्रामा संरचना हटाइयो
-
रुस–उत्तर कोरिया सैन्य सम्बन्ध अझ गहिरिँदै, युक्रेन युद्धपछि सहकार्य नयाँ चरणमा
-
लगातार वर्षाले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन निर्माण जारी
-
वर्षाका बीच पनि बाराको इस्लामिक इस्तिमा शान्तिपूर्ण रूपमा जारी, धार्मिक सहिष्णुताको उदाहरण
कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
४ घण्टा अगाडि
1.9kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित…



