

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि हिमाली र पहाडी भू–भागमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली कायम छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र अन्य हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनीका पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहनुका साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
गएराति पनि हिमाली र पहाडी भू–भागमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली देखिएको थियो, जसका कारण केही स्थानमा वर्षा तथा हिमपात भएको थियो।
समाज
थप सामाग्री-
कक्षा १२ परीक्षार्थीलाई आईजीपी दानबहादुर कार्कीको शुभकामना: ‘राष्ट्रसेवामा समर्पित युवा शक्तिको प्रतीक्षा’
-
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन देशभर अभियान तीव्र, बुटवल र पर्सामा ठूलो मात्रामा संरचना हटाइयो
-
रुस–उत्तर कोरिया सैन्य सम्बन्ध अझ गहिरिँदै, युक्रेन युद्धपछि सहकार्य नयाँ चरणमा
-
लगातार वर्षाले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन निर्माण जारी
-
वर्षाका बीच पनि बाराको इस्लामिक इस्तिमा शान्तिपूर्ण रूपमा जारी, धार्मिक सहिष्णुताको उदाहरण
कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
४ घण्टा अगाडि
1.9kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित…



