आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलर १५१ रुपैयाँ नजिक

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५१ रुपैयाँको नजिक पुगेको छ।

केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने जनाउँदै अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने उल्लेख गरिएको छ।

Facebook Comments Box
TOP
498 Shares