

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं : एमसीसीमा आन्तरिक मतभेद देखिएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धनभित्र रहेको दलमा एमसीसीबारे नेताहरु पक्ष/विपक्षमा उत्रिएपछि सोमबार दिउँसो १ बजेपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।शनिबार स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने
आइतबार बिहान अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको बैठकमा एमसीसी संसद्मा टेबल गर्न दिन सहमति जनाएका थिए तर पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्। खनालले संसद्मा समेत विरोध जनाएका छन्।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले एमसीसी टेबल गर्न प्रस्तावमा समर्थन रहेको धारणा राखेकी छन्। उनले मन्त्रिपरिषद्को सदस्य भएकाले समाजवादी एमसीसीको पक्षमा रहेको बताइन्। उनले एमसीसीका कारण गठबन्धन नटुट्ने पनि दाबी गर्दै आएकी छन्।
समाजवादीको भातृ संगठनहरुले विरोध प्रदर्शन उत्रिएका छन्।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



