

‘आदिपुरुष’ ले पहिलो दिन नै बनायो कमाइको कीर्तिमान
मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा विवाद सिर्जना भएको छ । यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् । बलेन्द्र शाह ‘बलेन’ले फिल्मकर्मीहरुलाई यो संवाद आफ्नो फिल्मबाट हटाउन आग्रह गरेका छन् । यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।एजेन्सी
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



