काठमाडौंमा आज भारी वर्षा हुने
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती तीनका केही र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुन प्रणालीका कारण वर्षाको सम्भावना रहेको उनले बताए ।
कुनै एक स्थानमा १२ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिने उनले स्पष्ट पारे । १२ घण्टामा १० मिलिमिटरसम्मको पानी हल्का वर्षा हो।
१२ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । “कुनै ठाउँमा एक घण्टामै ४० मिलिमिटर पानी पर्यो भने त्यो तत्कालका लागि धेरै होला, तर १२ घण्टालाई आधार मानेर हेर्दा त्यो मध्यम वर्षा हो,” मौसमविद् अधिकारीले भने ।
१२ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मको पानीलाई धेरै भारी वर्षा भनिने उनले बताए । “१२ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्यो भने अति भारी वर्षा भन्ने गरेका छौँ,” उनले भने ।कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हाल मनसुन सक्रिय छ । लुम्बिनी प्रदेशको पनि पूर्वी भूभागमा उक्त प्रणालीको प्रभाव छ । बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
समाज
थप सामाग्री-
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
-
आज मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
एसएसपी बढुवामा ‘शक्ति–खेल’ हावी : योग्य अधिकृत छायामा, IGP कार्कीको भूमिकातर्फ सबको नजर
-
आज मंसिर २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने
आज मंसिर २० गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
4.0kViews 222 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- सामाजिक उत्तर…



