पर-स्त्री गमनवाला एसएसपी रेग्मी डिआइजीमा बढुवा
काठमाडौं । भर्खरै नेपाल प्रहरीका डिआइजीमा बढुवा सिफारिस भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । जानकारहरुका अनुसार रेग्मीको परस्त्री गमनका थुप्रै घटनाहरु छरपस्ट भैसकेका छन ।
अर्काको श्रीमती राम्री देख्नै नहुने स्वभावका रेग्मी हालै नेपाल प्रहरीको डिआईजीमा बढुवा भएपछि नेपाल प्रहरीको संगठनमा हलचल मच्चिएको छ। यसैगरी जनसरोकार र सार्वजनिक चासोका विषयमा मुद्दा-मामिला गर्दै आएका सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् । मंगलबार साँझ एसएसपीबाट डिआईजीमा बढुवा भएका रेग्मी चरित्रहीका साथै पदीय रुपमा अमर्यादित, अवाञ्छित गतिविधिमा संलग्न रहेको जिकिरसहित कारबाही गर्नुपर्ने उजुरकर्ताको माग छ ।जिल्ला प्रहरी कार्यालय बागलुङको कार्यालय प्रमुखका रुपमा उनि एसपी रहँदा रेग्मीले पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नुका साथै ती महिलाको निर्दोष श्रीमानलाई फसाउन झुटो वैवाहिक बलात्कारको मुद्धा हाल्न लगाएको युवराजले दावी गरेका छन् । मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा त्यस्ता व्यक्तिलाई डिआइजी पदमा बढुवा सिफारिस गर्नु कानुन विपरित हुने जनाइएको छ ।
‘डिआईजी बढुवाको सूची नम्बर ४ मा परेका उम्मेदवार दिपक रेग्मीले आफू जिल्ला प्रहरी कार्यालय बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष श्रीमान दिपक थापालाई फसाउन निज थापाकै श्रीमतीको मिलेमतोमा झुठो वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्न लगाउने साथै पीडित दिपक थापाको आम राजकुमारी थापालाई लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउनेजस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्’, दर्ता नम्बर ९२०८ रहेको उजुरीमा उल्लेख छ ।
रेग्मीविरुद्ध यसअघि पनि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा उजुरी परी छानबिन भइरहँदा डिआईजीजस्तो पदमा बढुवा सिफारिस गरिनुले विधिको शासनको उल्लंघन भएको उनको ठहर छ ।
‘नेपाल प्रहरीको डिआईजीजस्तो पदमा सिफारिस भएको व्यक्ति कानूनी राज्यप्रति बफादार, उच्च नैतिकवान, अनुशासित हुनुपर्नेमा त्यस्ता चरित्रहीन, अनुशासनहीन, नैतिकताहीन व्यक्तिलाई बढुवा समितिले डिआईजी बढुवा सिफारिस गरेकोले तत्काल सो निर्णय संशोधन गर्नुहुन बढुवा समितिको संयोजकज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उजुरीमा भनिएको छ ।
आफ्नो उजुरीलाई वेबास्ता गरेर रेग्मीको बढुवा कायमै राखेमा पत्रकार सम्मेलनमार्फत रेग्मीका काण्ड भण्डाफोर गर्ने र बढुवा समितिको निर्णयविरुद्ध कानूनी उपचारमा जाने चेतावनीसमेत युवराजले दिएका छन् ।
समाज
थप सामाग्री-
मध्यपूर्व द्वन्द्वको असर: नेपालमा महँगीको चाप तीव्र, पेट्रोलियम मूल्यवृद्धिले बजार अस्थिर
-
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै
-
फेक रेस्क्यु’ घोटाला: एमडी पक्राउ, पूर्व एआईजी विज्ञानराज शर्मा किन अझै अनुसन्धान बाहिर?
-
आज चैत्र ०३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
-
रास्वपाभित्र गृहमन्त्रालयलाई लिएर विवाद चर्किँदै, बालेन–रवि बीच मतभेद
पत्रकारिता कि भ्यूजको व्यापार? सनसनीपूर्ण हेडलाइन र प्रहरी संगठनमाथि ‘मिडिया ट्रायल’को बहस
१ दिन अगाडि
7.7kViews 474 Shares Share on Facebook Share on Twitter काठमाडौं। पत्रकारितालाई समाजको चौथो अंग मानिन्छ। सत्य उजागर गर्ने, गलतलाई प्रश्न…



