

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा २२ लाख भन्दा बढीको आवेदन
काठमाडौँ माघ २४ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार देखि निष्काशन गरेको आईपीओमा २२ लाख भन्दा बढीको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदक बाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ५५.८७ गुणाले बढी हो ।लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



