आज असार २९ गते आइतबारको राशीफल : मनकामना माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पार्टनरको रचनात्मक क्रियाकलापले तपाईंलाई नयाँ प्रेरणा प्राप्त हुनेछ । कामको चापले मानसिक तनाव दिन सक्छ, तर प्रेम र रोमान्सको लागि केही समय छुट्याउनु सकारात्मक हुनेछ। मातापिता र गुरुजनहरूसँग सुमधुर सम्बन्ध रहनेछ । सुदूर वा दुर्गम स्थानको यात्राको योजना बनाउन उपयुक्त समय हो। व्यवसायमा पनि विस्तारको संकेत देखिन्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- जीवनसाथी वा परिवारका सदस्यसँग मतभेद र विवाद बढ्न सक्छ। यात्रा टार्न सके राम्रो हुनेछ। लामो समय कम्प्युटर वा किताबमा बिताउँदा दिमाग भारी हुनसक्छ, त्यसैले ध्यान वा मेडिटेशन गर्नु फाइदाजनक हुनेछ। शरीरमा थकान, उत्साहको कमी, तर आत्मबलका लागि तपाईंको हौसला आफन्तहरूका लागि पनि जरुरी हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा सफलता मिल्नेछ । आफ्ना कर्तव्यसँगै परिवार वा जीवनसाथीको भावनालाई पनि सम्मान दिने दिन हो । एकान्तमा बस्ने इच्छा पूरा हुन सक्छ, मनका कुरा साथीहरूसँग बाँड्न सकिने छ । ठूलाबडासँगको सम्बन्धले लाभ दिलाउनेछ । प्रशंसा पाइनेछ र आम्दानीमा वृद्धि हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- व्यापारिक वा सरकारी कुराकानीको सम्भावना देखिन्छ । सन्तान र जीवनसाथीको साथ मिल्नेछ । सानातिना कुरामा बहस हुन सक्ने भएकाले संयम अपनाउनु राम्रो हुन्छ । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने समय हो । चुनौतीहरूमा खरो उत्रिने सामर्थ्य रहनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- कसै प्रति गहिरो आकर्षण हुन सक्छ, तर भावनामाथि नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ । चलाखीपूर्वक काम गर्दा अतिरिक्त आम्दानी प्राप्त हुनेछ। व्यक्तित्व विकास र भविष्यको तयारीमा ध्यान दिने समय हो । इन(सर्भिस तालिम वा अध्ययनको अवसर प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा सन्तुलन र संवाद बढ्नेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- एकोहोरोपन वा नैराश्य बढ्न सक्छ । सहकर्मी वा घरपरिवारका सदस्यहरूसँग संवाद बढाउनु उचित हुनेछ । विश्वासको संकट हुन सक्छ, साना कुरामा विवाद बढ्न सक्छ, त्यसैले पारदर्शिता आवश्यक छ । आर्थिक रूपमा लाभदायक समय हो, हाकिम वा बृद्धजनको आशीर्वादले मार्ग प्रशस्त हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- संगी-साथी वा आफन्तसँग भेटघाट र सहकार्यमा सफलता मिल्नेछ । पारिवारिक तथा आर्थिक पक्ष सुदृढ रहनेछ । मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठा र आत्मसम्मान बढ्नेछ । व्यवसाय वा काममा प्रगतिको सम्भावना प्रबल छ । भाइबहिनी वा छिमेकीसँगको सहयोगले कार्य सजिलो बनाउनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- व्यक्तिगत चाहनाका लागि खर्च बढ्न सक्छ । आम्दानीमा वृद्धि भए पनि जोखिमपूर्ण कार्यबाट टाढा रहनु राम्रो हुन्छ । पार्टनरको सहयोगले आर्थिक समस्या समाधान हुनेछ । कृषि वा खाद्य वस्तुको कारोबारमा सफलता मिल्ने सम्भावना छ। तर फुजुल खर्चमा नियन्त्रण गर्नु जरुरी देखिन्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- मन भोगविलास र मनोरञ्जन प्रति आकर्षित हुनेछ । पारिवारिक सम्पर्क र सम्बन्धमा सुधार आउनेछ । ऋण वा उधारो रकमको विषय उठ्न सक्छ । औषधि, काठ, फर्निचर लगायतका व्यवसायमा लाभ मिल्नेछ । कार्यमा सफलता मिल्ने भएपनि हडबड नगर्नु राम्रो हुनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- हठ वा कुण्ठाले मानसिक द्वन्द्व बढाउन सक्छ । आर्थिक पक्ष बाधक बन्न सक्छ । आशाभन्दा यथार्थमा आधारित भएर अघि बढ्दा सफलता मिल्नेछ । परेका समस्याको समाधान खोज्दै दिन बित्नेछ । कार्यालय बाहिरको जिम्मेवारीमा पनि खट्नुपर्ने समय हो, कर्तव्यमा गम्भीर हुनु जरूरी छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बौद्धिक प्रयास र अध्ययनमा मिहिनेत गर्नुपर्ने दिन हो । सहयोगी वा साथीहरूको असहयोगले तनाव हुन सक्छ, तर आफ्नो दक्षताले सफलता मिल्नेछ । नयाँ योजनाको सुरुवात गर्न अनुकूल समय हो । बोनस वा अतिरिक्त आम्दानी प्राप्त हुने सम्भावना छ, जसले मन प्रफुल्ल बनाउनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- मिहिनेत गर्दा महत्त्वपूर्ण वस्तु वा अवसर हात लाग्नेछ। सहयोगीहरूको साथले आत्मविश्वास बढ्नेछ । व्यवसायमा नयाँ योजना सुरु गर्न सकिनेछ। प्रतिस्पर्धासँगको अन्तर्क्रिया महत्वपूर्ण हुनेछ। सानातिना पारिवारिक मतभेद भइरहला, तर अन्ततस् तपाईंको निर्णय र रुचिको सम्मान गरिनेछ।

Facebook Comments Box
TOP
350 Shares