संघ र प्रदेश सरकारले वेवास्था गर्यो सिन्धुपाल्चोकको गुफा डाँडालाई ः मेयर तामाङ

काठमाडौं । सम्पादक समाज नेपालले असार २८ गते जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न संचार माध्यमका संचारकर्मीहरुलाई सिन्धुपाल्चोकको गुफाडाँडामा पद यात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा रहेको अति नै मनमोहक, रमणीय हरियाली क्षेत्रको रुपमा रहेको सो गुफा डाँडाबाट देखिने अनेकन हिमश्रृंखलाले सो क्षेत्रमा जाने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लोभ्याइरहेको देख्न सकिन्छ ।

3.jpg

सो कार्यव्रmममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैँले सकेजति गुफाडाँडाको प्रवर्धन गर्न लागि परेको जानकारी जनाएका थिए । मेयर तामाङले पर्यटन क्षेत्रको रुपले हेर्ने हो भने देशकै अति उत्तम र राजधानीबाट जम्मा ५४ किलोमिटर दुरीमा रहेको यस गुफा डाँडालाई केन्द्रीय सरकार र प्रदेश सरकारले बार्षिक रुपमा बजेट हाल्ने आश्वासन दिए पनि दुबै सरकारले यस वर्ष बजेट नै नहालेर यस क्षेत्रलाई वेवास्ता गरेको गुनासो पोखेका थिए । बहुवर्षीय बजेटमा सो पर्यटकीय क्षेत्रको रुपमा रहेको गुफा डाँडाको लागि आफूले बजेट छुट्याउँदै आएको र यस वर्ष पनि २ करोड बजेट छुटाउनुका साथै गुफा डाँडा जाने बाटोको लागि पनि २ करोड बजेट छुटाएको जानकारी गराएका छन् ।

संचारकर्मीहरुको पदयात्रा समापन कार्यव्रmममा वडा नं. ९ ज्यामिरेका अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । आफ्नै स्रोतसाधनमा स्थानीयले सञ्चालन गरेको होमस्टे पनि प्रवर्धनको बाटो पर्खिरहेको उनले जानकारी गराएका थिए ।

2.jpg

सम्पादक समाजका महासचिव श्याम डोटेलले जलवायु परिवर्तनको असर यस क्षेत्रमा बढ्दै गएको औँल्याउँदै तिनको न्यूनीकरण तथा वातावरण संरक्षणमा हातेमालो गर्न समाजले पत्रकारसहितको दोस्रो पदयात्रा गुफाडाँडामा आयोजना गरेको बताएका थिए । उनले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिएका थिए ।

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौँबाट एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पनि एक समारोहकाबिच स्वागत तथा सत्कार प्रदान गरेका थिए ।

Facebook Comments Box
TOP
141 Shares