भ्रम र महत्वाकाङ्क्षाले रास्वपालाई विवेकशून्य बनायो ः पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वैकल्पिक राजनीतिको भ्रम र अस्वभाविक महत्वाकाङ्क्षाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विवेकशून्य बनाएको आरोप लगाएका छन् ।
सामान्य मतदाताको जत्तिको पनि राजनीतिक सुझबुझ नभएका व्यक्ति एकाएक पार्टी नेतृत्व, सांसद र मन्त्रीसम्म बन्ने मौका पाएपछि यिनको भ्रम र महत्वाकांक्षा बढेर पार्टीलाई नै विवेकशून्य बनाएको बस्नेतले टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘मुलुकको राजनीतिक परिवर्तनमा कुनै योगदान नगरेको दल हो रास्वपा । यिनीहरुलाई न मुलुकको राजनीतिक व्यवस्थाप्रति कुनै अपनत्व छ न यिनीहरुसँग जनताको अवस्था बदल्ने कुनै दृष्टिकोण, नीति र योजना छ ।’
आफ्नै नेतृत्वको देवत्वकरणमा केन्द्रित रास्वपाका पछिल्ला गतिविधिले जनतामा राजनीतिप्रति वितृष्णा र घृणा बढाउने काम गरेको उनको भनाइ छ ।
यिनीहरु पनि मुलुकमा हुने भ्रष्टाचार, बेथिति र काण्डका नयाँ साझेदार हुन् भन्ने कुरा अब प्रष्ट भइसकेको भन्दै ०८४ मा जनताले यिनीहरुलाई साइजमा ल्याउने उनको टिप्पणी रहेको छ ।
समाज
थप सामाग्री
आज असार २९ गते आइतबारको राशीफल : मनकामना माताले रक्षा गरुन
२ दिन अगाडि
3.6kViews 350 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पार्टनरको रचनात्मक…