प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा गएकाहरूमाथि छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा मन्त्री लेखकले यस्तो निर्देशन दिएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषयलाई लिएर अब विस्तृत छानबिन हुने भएको हो।
गृहमन्त्रीले दिएको निर्देशन अनुसार केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको छ। छानबिनमा सरकारी प्रतिनिधि मण्डलबाहेकका व्यक्तिहरू कुन संस्थामार्फत कसरी गए, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्यो र कसको समन्वयमा गए भन्ने विषयमा केन्द्रित हुनेछ।
प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए र उनीसहितको प्रतिनिधिमण्डल असार २० गते नेपाल फर्किएका थिए। तर स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेकी थिइन्।
सांसद गौतमको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर विभिन्न समाचार माध्यमहरूमा समाचारहरू प्रकाशन भएका थिए। यी समाचारहरूले सरकारी प्रतिनिधि मण्डलसँगै गएकाहरूको वैधानिकता र तिनीहरूको भ्रमणको उद्देश्यमाथि प्रश्न उठाएका थिए।
गृहमन्त्रीको सचिवालयले जनाएअनुसार छानबिनमा कोही दोषी देखिए कारबाहीसमेत गरिने स्पष्ट पारेकाे छ। यस छानबिनले प्रधानमन्त्रीको विदेश भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकका व्यक्तिहरूको सहभागिता र तिनीहरूको भिसा प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक पारदर्शिताको प्रश्नलाई उजागर गरेको छ र सरकारी भ्रमणहरूमा नियमित अनुगमन र नियन्त्रणको आवश्यकतालाई औंल्याएको छ।
समाज
थप सामाग्री
आज असार २९ गते आइतबारको राशीफल : मनकामना माताले रक्षा गरुन
२ दिन अगाडि
3.6kViews 350 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पार्टनरको रचनात्मक…