उदयपुरमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित एक जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ। कटारी– २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको हो ।
सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए । उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो ।
गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताए ।पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।
समाज
थप सामाग्री
आज असार २९ गते आइतबारको राशीफल : मनकामना माताले रक्षा गरुन
२ दिन अगाडि
3.5kViews 350 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पार्टनरको रचनात्मक…