

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
काठमाडौं:
गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना र प्रश्नप्रति अन्ततः मुख खोलेका छन्।
बिहीबार (रास्वपा) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा संघीय संसद सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सम्पत्तिबारे स्पष्ट धारणा राखेका हुन्।
गृहमन्त्री गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित अधिकांश सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको भएको दाबी गर्दै यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।
“अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति मेरो हजुरबुवाको अंशबण्डा नहुँदैको हो, यसलाई लिएर भ्रम फैलाउनु आवश्यक छैन,” उनको सचिवालयले जनाएको छ।
गत चैतमा मार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङको सम्पत्तिलाई लिएर विशेष रूपमा चासो र बहस चुलिएको हो।
सम्पत्ति विवरण के छ?
सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङसँग:
- ८९ तोला सुन
- ६ किलो चाँदी
- बैंक मौज्दात ६१ लाख ६२ हजार ९ सय ५० रुपैयाँ
- विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर
- चितवनमा ३० कठ्ठा र गोरखामा २२१ रोपनी जग्गा
- करिब ४७ लाख ९९ हजार रुपैयाँ बराबरको एमजी गाडी
यी विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया देखिएको छ।
यसअघि पनि आलोचना बढेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हो” भन्ने अभिव्यक्ति दिएका थिए। तर उक्त स्टाटस चर्को आलोचनापछि हटाइएको थियो।
गृहमन्त्री गुरुङको स्पष्टीकरणपछि पनि उनको सम्पत्ति स्रोत र पारदर्शिताबारे बहस भने अझै साम्य भएको छैन। अब यस विषयले राजनीतिक र सार्वजनिक क्षेत्रमै थप तरंग ल्याउने संकेत देखिएको छ।
समाज
थप सामाग्री-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
-
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
-
नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी
-
महानगर–प्रहरी सहकार्य बलियो बन्दै: सडकदेखि सहरी व्यवस्थापनसम्म संयुक्त पहल
-
गुण्डागर्दी नियन्त्रण अप्रेसन : पक्राउ परेकामध्ये १६ जना धरौटीमा रिहा, १७ अझै हिरासतमा
आज वैशाख ०३ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
4.7kViews 169 Shares Share on Facebook Share on Twitter मेष- हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आएपनि समयमा निर्णय लिन…



