

नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी
काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् ।
नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप सीमावर्ती क्षेत्रको किसानले पाउनुपर्ने राहतलाई तस्करीमा परिणत गराउन तम्तयार भएको आरोप लगाएका हुन् ।
सीमा क्षेत्रका नागरिकले भारतबाट एक रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले सीमावर्ती क्षेत्रका जनता झन् मारमा पर्ने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘सदियौंदेखि सिमावर्ती क्षेत्रको जनसमुदायले आफ्नो दिनचर्याका निम्ति थोरबहुत सामानहरू ल्याउने लैजाने गर्थे तथा भारतीय नम्बरप्लेटको गाडी राजमार्गसम्म र नेपाली नम्बरप्लेटको गाडी भारतीय रेलको प्लेटफर्मसम्म आवागमनमा सहजता दिइएको थियो । यसको कारण थियो नेपाल भारतको सम्बन्ध बिशिष्ट सांस्कृतिक सम्बन्ध हो ।’
सीमावर्ती क्षेत्रका हजारौ हजार परिवारले दुवै देशका विभिन्न गाउँहरूमा सामाजिक सम्बन्ध स्थापित गरेको र नेपाल भारतको सम्बन्ध बेटीरोटीको रहेको बताएका छन् ।
बालेन सरकारले एक सय रुपैयाँको सामानमा पनि भारतबाट ल्याउँदा भन्सार लागू गर्दा त्यहीं पार्टीबाट चुनावताका आफुलाई बाहुबली सरह प्रस्तुत हुने नेता चुसम्म पनि नबोली लुकी–लुकी बिरालो सरह बसेको उनको गुनासो छ ।
उनले ‘आश्चर्यको कुरा हो, मधेशबाट जनप्रतिनिधि भएको मान्छे मधेशमा केही दिनदेखि अनाहकमा भइरहेको उपद्रोलाई कसरि टुलुटुलु हेरिरहेका होलान ?’ भनी प्रश्न गरेका छन् ।
उनले मधेशीहरू बिना हातहतियार, बिना हिंसा सदियौंदेखि दसगजालाई रक्षा गर्दै आएको र गरिरहने जिकिर गरेका छन् ।
बिशिष्ट प्रकारको सम्बन्धलाई खलबलाउन, बिगार्न विगतमा पनि प्रयास भएको तर सफल हुन नसकेको दाबी गरे । उनले यस किसिमको कुचेष्टा जसले गरे आफै समाप्त भएर जाने चेतावनी पनि दिए ।
समाज
थप सामाग्री-
काठमाडौंमा ठेक्का ह्याकिङ प्रकरण : अनुसन्धान र अभियोजन प्रक्रिया कमजोर बनाइएको आरोप
-
अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
-
धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
-
आज बैशाख २९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
९ घण्टा अगाडि
1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…



