गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”

काठमाडौं:
गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना र प्रश्नप्रति अन्ततः मुख खोलेका छन्।

बिहीबार (रास्वपा) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा संघीय संसद सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सम्पत्तिबारे स्पष्ट धारणा राखेका हुन्।

गृहमन्त्री गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित अधिकांश सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको भएको दाबी गर्दै यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।
“अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति मेरो हजुरबुवाको अंशबण्डा नहुँदैको हो, यसलाई लिएर भ्रम फैलाउनु आवश्यक छैन,” उनको सचिवालयले जनाएको छ।

गत चैतमा मार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङको सम्पत्तिलाई लिएर विशेष रूपमा चासो र बहस चुलिएको हो।

सम्पत्ति विवरण के छ?
सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङसँग:

  • ८९ तोला सुन
  • ६ किलो चाँदी
  • बैंक मौज्दात ६१ लाख ६२ हजार ९ सय ५० रुपैयाँ
  • विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर
  • चितवनमा ३० कठ्ठा र गोरखामा २२१ रोपनी जग्गा
  • करिब ४७ लाख ९९ हजार रुपैयाँ बराबरको एमजी गाडी

यी विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया देखिएको छ।

यसअघि पनि आलोचना बढेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हो” भन्ने अभिव्यक्ति दिएका थिए। तर उक्त स्टाटस चर्को आलोचनापछि हटाइएको थियो।

गृहमन्त्री गुरुङको स्पष्टीकरणपछि पनि उनको सम्पत्ति स्रोत र पारदर्शिताबारे बहस भने अझै साम्य भएको छैन। अब यस विषयले राजनीतिक र सार्वजनिक क्षेत्रमै थप तरंग ल्याउने संकेत देखिएको छ।

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१० घण्टा अगाडि

1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
426 Shares