

एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
पोखरा । उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनाललाई एक औपचारिक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपेन्द्र जी.सी.ले खनाललाई मायाको चिनो प्रदान गर्दै उहाँको योगदानको उच्च कदर गरेका थिए । साथै, उनले खनालको आगामी सेवानिवृत्त जीवन सुखद, स्वस्थ र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी जी.सी.ले एसएसपी खनालले आफ्नो ऊर्जाशील समय नेपाल प्रहरीको जिम्मेवारी र कर्तव्य पालनमै समर्पित गरेको उल्लेख गर्दै संगठनले उहाँप्रति सधैं आभार प्रकट गर्ने बताए ।
दीर्घकालीन सेवाकालमा खनालले प्रहरी संगठनको सुदृढीकरण, शान्ति सुरक्षा कायम राख्ने कार्य तथा नागरिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको कार्यक्रममा वक्ताहरूले बताएका थिए ।
कार्यक्रममा उपस्थित सहकर्मीहरू र प्रहरी अधिकारीहरूले खनालको व्यावसायिकता, अनुशासन र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँको योगदानलाई स्मरणीय रहेको बताएका थिए ।
समाज
थप सामाग्री-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
-
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
-
नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी
-
महानगर–प्रहरी सहकार्य बलियो बन्दै: सडकदेखि सहरी व्यवस्थापनसम्म संयुक्त पहल
गुण्डागर्दी नियन्त्रण अप्रेसन : पक्राउ परेकामध्ये १६ जना धरौटीमा रिहा, १७ अझै हिरासतमा
१४ घण्टा अगाडि
3.3kViews 443 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंमा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनअन्तर्गत…



