युएईले ओपेक छोड्ने घोषणा, मे १ देखि कार्यान्वयन हुने

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले  तेल उत्पादक देशहरूको संगठन बाट बाहिरिने घोषणा गरेको छ। उक्त निर्णय यही मे १ तारिखदेखि लागू हुने बताइएको छ।

लामो समयदेखि चर्चामा रहेको यो कदमले अब औपचारिक रूपमा कार्यान्वयन पाउने भएको हो। युएईको सरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा देशले आफ्नो दीर्घकालीन रणनीतिक तथा आर्थिक प्राथमिकताका आधारमा यो निर्णय लिएको उल्लेख गरिएको छ।

ओपेकबाट बाहिरिए पनि युएईले जिम्मेवार ऊर्जा उत्पादकका रूपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो भूमिका निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ।

विश्लेषकहरूले युएईको यो निर्णयले क्षेत्रीय शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय तेल बजारमा प्रभाव पार्न सक्ने संकेत गरेका छन्।

Facebook Comments Box
TOP
104 Shares