

न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पसलले बिक्री गरेको खाद्य वस्तुमा साङ्लो (किरा) भेटिएपछि महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले उक्त कारबाही गरेको हो ।
वैशाख १६ गते एक उपभोक्ताले न्यूरोडस्थित उक्त पसलबाट खरिद गरेको खाद्य वस्तुमा साङ्लो भेटिएको भन्दै महानगरमा उजुरी दिएका थिए । उजुरीसँगै उनले प्रमाणका रूपमा फोटो र भिडियोसमेत पेश गरेका थिए ।
प्राप्त प्रमाणहरूको अध्ययन तथा अनुसन्धानपछि सो खाद्य वस्तुमा साङ्लोजस्तो देखिने किट रहेको पुष्टि भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार उक्त व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउन निर्देशन दिइएको उनले बताए ।
समाज
थप सामाग्री-
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
-
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
-
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
-
भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
-
अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन
५ घण्टा अगाडि
1.9kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो…



