

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
काठमाडौँ । संसदका प्रमुख प्रतिपक्ष दलहरूले सरकारले हालै ल्याएका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेशप्रति गम्भीर असहमति जनाउँदै त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष औपचारिक आग्रह गर्ने निर्णय गरेको हो। विपक्षी दलहरूले संसद् छल्दै अध्यादेश ल्याइएको आरोप लगाउँदै यसले लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासमाथि प्रश्न उठाएको बताएका छन्।
बैठकपछि जारी धारणा अनुसार सरकारले पर्याप्त छलफल र सहमति बिना अध्यादेश ल्याउनु उचित नभएको ठहर गरिएको छ। उनीहरूले यस्ता निर्णयले संविधानको भावना विपरीत जाने र सत्ता पक्षले आफ्नो सुविधा अनुसार शासन चलाउन खोजेको संकेत गर्ने बताएका छन्।
विपक्षी दलहरूले अध्यादेश फिर्ता लिन वा संसद्मा विधेयकका रूपमा पेश गरी खुला बहस गर्न सरकारलाई दबाब दिने तयारी समेत गरेका छन्। साथै, आगामी दिनमा यस विषयमा थप रणनीति तय गर्न निरन्तर छलफल गर्ने जनाइएको छ।
समाज
थप सामाग्री-
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
-
भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
-
अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
-
महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन
-
वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन, नेपाली चलचित्र क्षेत्रमा शोक
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
८ घण्टा अगाडि
1.1kViews 138 Shares Share on Facebook Share on Twitter नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका अधिकांश जिल्लामा कक्षा १ देखि…



