

लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौं, २९ वैशाख — लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ।
काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेका कारण जोखिम बढेपछि राजमार्गमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। सडकमा पहिरो र अवरोधको सम्भावना रहेकाले सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको हो।
प्रहरीका अनुसार मौसममा सुधार आएपछि मात्र राजमार्ग पुनः सञ्चालन गरिनेछ। राजमार्ग सुचारु सम्बन्धी औपचारिक सूचना मौसम अवस्था हेरेर पछि सार्वजनिक गरिने पनि जनाइएको छ।
यसैबीच, प्रहरीले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै यात्रा गर्नुअघि १०० र १०३ नम्बरमा सम्पर्क गरेर मात्र प्रस्थान गर्न अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
-
आज वैशाख १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासबारे बहस, विकास र प्रशासनिक गतिलाई मुख्य कारणका रूपमा दाबी
-
लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
-
सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
४ घण्टा अगाडि
2.3kViews 259 Shares Share on Facebook Share on Twitter धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु…



