

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौंः गृहमन्त्री लेखक
काठमाण्डौं १ साउनः
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताउनुभयो ।
“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ ।” मन्त्री लेखकले भन्नुभयो–“ यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ । “ महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु ।” लेखकले भन्नुभयो–“ अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”
सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
१ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



