

नाबालकको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जना पक्राउ
काठमाडौं माघ २८,
मामा भनी ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भएका ३० वर्षीय राज कुमार बराइली रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका-६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २/२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



