

भाडा फेरि बढ्यो: सार्वजनिक यातायातमा ५ प्रतिशत वृद्धि
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको मंगलबारको निर्णयपछि सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा बढाइएको हो । विभागले जारी गरेको सूचनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यही वैशाख १२ गते सैद्धान्तिक सहमति प्राप्त भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरिएको उल्लेख छ ।
डिजेलको मूल्यवृद्धिलाई मुख्य कारण देखाउँदै विभागले भाडादर परिमार्जन गरिएको जनाएको छ ।
भाडा वृद्धि भएसँगै दैनिक आवतजावत गर्ने सर्वसाधारणमा थप आर्थिक भार पर्ने भएको छ । यद्यपि, यातायात व्यवसायीहरूले भने इन्धनको मूल्य निरन्तर बढेकाले भाडा समायोजन आवश्यक भएको बताएका छन् ।
समाज
थप सामाग्री-
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
-
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
-
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
-
भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
-
अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन
६ घण्टा अगाडि
1.9kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो…



