विश्व सुन्दरी मा पोल्यान्डकी क्यारोलिना

पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् ।

कोरोना प्रभावका कारण विश्वको ४० सुन्दरीले मात्र भाग लिएका प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्ट र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनर्सअप भए भने नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।२२ वर्षीया क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी उपाधि चुम्ने दोस्रो प्रतिस्पर्धी हुन्। स्नातकोत्तर अध्ययनरत र पीएचडी गर्ने तयारीमा रहेकी उनी मोडल हुन्। ‘म मेरो नाम सुन्दा आश्चर्यचकित भएँ। अहिले पनि विश्वास गर्न मुस्किल भइरहेको छ। म मिस वर्ल्डको ताज जित्न सफल भएकोमा गर्व महसुस गर्छु र काममा फर्कन अधैर्य छु। पुएर्तोरिकोको यो क्षण मेरो लागि जीवनभर स्मरणीय रहिरहनेछ ।’ –मिस वर्ल्ड विजेताका रूपमा आफ्नो नाम घोषणा भएपछि क्यारोलिनले भनेकी थिइन् ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares