मेहनतकै कारण सफल कलाकार बनेको हुँ -हिरण्य

मेहनत, लगनशीलता र धैयतासाथ निरन्तर कार्य गर्दै जाँदा नाम, दाम र इज्जत कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् रामेछाप जिल्लाको कठजोरमा जन्मिएका कलाकार हिरण्य पोखरेल ।

कलाकारिता क्षेत्रमा लागेर केही गरौं भन्ने बच्चैदेखिको आफ्नो सोख रहेको र सोही अनुसार आफूले कर्म गरेकै कारण आफू अहिले आएर सफल कलाकारको रुपमा चिन्न पाउँदा आफूलाई गर्व लागेर आउने पोखरेल बताउँछन् । झण्डै १२ वर्ष यसै क्षेत्रमा लागेका कारण काम गर्ने शिलशिलामा धेरै नै अनुभव बटुल्नुका साथै नेपालका नाम चलेका प्रायः सबै कलाकारहरुसँग आफूले पनि अभिनय गर्ने मौका पाएको र सोही अनुसार आर्थिक उन्नतिसमेत गर्न सफल बनेको कलाकार पोखरेल बताउँछन् ।

नेपाली चलचिल संग्रामबाट कलाकारिता क्षेत्रमा लागेका पोखरेलले दर्जन नेपाल चलचित्रलगायत धेरै नै म्यूजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका छन् । पछिल्लो समय आफूलाई चलचित्र र म्यूजिक भिडियोमा काम गरिदिन धेरै नै अफर गरेका कारण आफूलाई अहिले भ्याई नभ्याई रहेको पोखरेलले बताएका छन् ।सुरुमा आफू कलाकारिता क्षेत्रमा आउँदा तालिम, प्रशिक्षण केही पनि नलिई सिधै अभिनय गर्नुपर्दा निकै कठिनाई महसुस भए पनि पछि आफ्नो मेहनत र लगनशीलताका कारण खासै समस्या नभएको आफ्नो अनुभव सुनाउँछन् पोखरेल । वास्तवमा तालिम लिएर कलाकारिता क्षेत्रमा प्रवेश गर्दा केही सजिलो हुन्छ भने तालिम नै नलिई कलाकारिता क्षेत्रमा प्रवेश गर्दा निकै कठिन हुने रहेछ । त्यसैले कलाकारिता क्षेत्रमा प्रवेश गर्दा कलाकारलाई चाहिने सबै प्रकारका तालिम प्रशिक्षण लिएर मात्र प्रवेश गर्दा अभिनय गर्न सहज हुने नयाँ पीढिका कलाकारहरुलाई पोखरेलले आग्रह गर्छन् । आफ्नो जुन क्षेत्रमा चाहना छ त्यस क्षेत्रमा निरन्तररुपमा लाग्ने हो भने एक न एक दिन अवश्य पनि सफलता हात लाग्छ भन्ने उदाहरणको रुपमा हिरण्यलाई लिन सकिन्छ । उनी बताउँछन्, निश्वार्थ भावले आफ्नो कर्म गर्ने हो भने जुनसुकै क्षेत्रमा लागे पनि त्यो मान्छेले एक न एक दिन सफलता मिल्ने उनी बताउँछन् । हिरण्यले पनि कुनै तालिम, प्रशिक्षण नै नलिई सिधै कलाकारिता क्षेत्रमा लागेर अभिनय यात्रा सुरु गर्दा सुरुमा केही कठिनाई भए पनि पछि आएर सहज भएको र अहिले आएर एउटा सफल कलाकार बन्न सफल बनेको उनी बताउँछन् ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
५ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares