

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक
धनगढी, २३ माघ
सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।
हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड चढेको बताए ।
तराईमा हिउँ पर्दैन,’ उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दृश्य निकै सुन्दर छ ।’ हिमपातको दृश्य अवलोकन गर्दै कैलालीसँग सिमाना जोडिएको डोटीको गैरासम्म जानुपर्छ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरासम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्नेगर्छ ।
हिउँको दृश्य अवलोकन गर्न र हिउँसँग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरासम्म पुगेका छन् ।
तराईबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्,’ गैराका स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ ।’ हिउँ खेलेपछि मानिस खाजाका लागि प्राय होटेलमा छिर्ने गरेको भन्दै उनले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।
समाज
थप सामाग्री-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि
1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…



