फ्रान्समा सार्वजनिक ठाउँमा चुरोट खान प्रतिबन्ध
बिश्व । फ्रान्सले समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय जस्ता सार्वजनिक ठाउँहरुमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्ध गर्ने घोषणा गरेको छ । आज सरकारी गजेटमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पाैडी पोखरी अर्थात् स्विमिङ पूल तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । क्याफेहरूको बाहिरी टेरेसमा भने चुरोट खान पाइनेछ ।
स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपानबाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताउनुभएको थियो । जहाँ बालबालिका छन् त्यहाँबाट चुरोट हट्नुपर्ने भन्दै उहाँले बालबालिकालाई शुद्ध हावामा श्वास फेर्ने अधिकार रहेको बताउनुभएको छ ।
नियम उल्लङ्घन गर्ने व्यक्तिले एक सय ३५ युरो अर्थात् साढे २१ हजार रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्नेछ । फ्रान्समा हरेक वर्ष झन्डै ७५ हजार मानिसको मृत्यु धूम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक ठाउँमा धूम्रपान प्रतिबन्धलाई समर्थन गरेका छन् ।
समाज
थप सामाग्री
बुधबार ‘श्रीकृष्णको बार’ : मुरलीधरप्रति भक्तजनको श्रद्धा र प्रार्थना
१ दिन अगाडि
3.1kViews 123 Shares Share on Facebook Share on Twitter काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि बुधबारलाई भगवान् श्रीकृष्णको विशेष दिनका रूपमा…



