समानुपातिकतर्फ १ कराेड ७ लाख मतगणना : रास्वपालाई ५१ लाख २९ हजार मत

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ ।

निर्वाचन आयोगकाे पछिल्लाे विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।

याे विवरणअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय दलकाे मान्यता पाउने भएका छन् । विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यस पटक प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन् भने समानुपातिकमा पनि ३ प्रतिशतकाे थ्रेसहोल्ड पार गर्ने सम्भावना सकिएको छ ।

Facebook Comments Box
TOP
449 Shares