आज फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष- खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै कमजोरीका कारण परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य भने सबल रहनेछ र विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । प्रयत्न गरे अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने राम्रो धन लाभ पनि हुन सक्छ।
वृष- समयमै निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ। मान सम्मानमा चोट पुग्ने सम्भावना भएकाले सचेत रहनुहोस् । रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुने संकेत छ । व्यापारमा फाइदा हुनेछ। दिन सामान्य रहनेछ। बहुमूल्य धातु संकलन गर्ने अवसर मिल्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ, शत्रु परास्त हुनेछन्। प्रेम र मित्रताको बन्धन बलियो बन्ने समय छ।
मिथुन- अन्धविश्वासको भरमा काम गर्दा दुःख पाइने सम्भावना छ । धार्मिक कार्यमा केही बाधा आउन सक्छ, त्यसैले सजग रहनुहोस् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर परिवारजन बीच केही असमझदारी बढ्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ, तर भूमि तथा स्थायी सम्पत्तिको विषयमा विवाद आउने सम्भावना भएकाले सावधान रहनु राम्रो हुन्छ।
कर्कट- राष्ट्रिय स्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुने सम्भावना छ । मंगलमय काम सम्पन्न हुनेछन् र काममा आफन्तको सहयोग प्राप्त हुन सक्छ । ढाड वा जोर्नी सम्बन्धी समस्या देखिन सक्छ। आम्दानी बढ्ने भएकाले उत्साह थपिनेछ । तर आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्छ र खराब संगतले मान सम्मानमा असर पर्न सक्छ।
सिंह- परिवारजनको सहयोगले उत्साह बढ्नेछ । स्वास्थ्यका लागि भारी खानपानमा सचेत रहनुहोस् । सुखद समाचारले काममा उत्साह थप्नेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ।
कन्या- अनुसन्धानात्मक अध्ययन गर्नेहरूका लागि लाभदायक दिन रहनेछ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवबाट सहयोग प्राप्त हुनेछ । भूमि सम्बन्धी कामबाट पनि राम्रो लाभ मिल्ने सम्भावना छ।
तुला- सरकारी निकायबाट हुने कडाइको सामना गर्नुपर्ने सम्भावना छ । दण्ड जरिवानाको जोखिम पनि देखिन्छ । पति पत्नी बीच असमझदारी बढ्न सक्छ । शिर वा पेट सम्बन्धी समस्या देखिन सक्छ । सोचेका काममा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्य कमजोर हुँदा सामाजिक तथा राजनीतिक प्रभाव पनि घट्न सक्छ।
वृश्चिक- व्यापार व्यवसायमा लगानी बढाउने उपयुक्त समय छ । आफन्त र परिवारजन बीच आत्मीयता बढ्नेछ । जीवन साथीलाई केही स्वास्थ्य समस्या वा पीडा हुन सक्छ । स्वास्थ्य सम्बन्धी समस्या पहिचान गर्न कठिन हुन सक्ने संकेत पनि देखिन्छ, त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ।
धनु- आज व्यापारबाट राम्रो धन लाभ हुनेछ । भौतिक साधन जुट्नेछन् । कृषिउपज तथा पशुधनबाट पनि राम्रो फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएका काम सम्पन्न हुने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर मिल्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ र आर्थिक समस्या समाधानतर्फ अघि बढ्नेछ।
मकर- रमाइलो भ्रमण गर्ने अवसर मिल्न सक्छ । तर घर जग्गा वा बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना छ । पठन पाठनमा राम्रो प्रगति हुनेछ । सन्तान वा अनुयायीबाट प्रसन्नता मिल्नेछ । टाढाको यात्राको सम्भावना पनि छ । विभिन्न अवसरले पछ्याउने छन् र मुद्दा मामिला वा कामका झमेलाबाट केही समयका लागि मुक्ति मिल्न सक्छ।
कुम्भ- काममा केही बाधा आउन सक्छ र प्रतिस्पर्धीहरूले आफ्नो स्थान ओगट्ने प्रयास गर्न सक्छन् । पुरानो रोगले पुनः दुःख दिन सक्छ । घर खर्च बढ्ने तथा व्यापारमा केही मन्दी देखिन सक्छ । घरेलु समस्याले महत्वपूर्ण काममा असर पर्न सक्छ। घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तथापि, प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्ने सम्भावना छ।
मीन- चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्या आउने सम्भावना भएकाले सवारी साधन वा औजार प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । आर्थिक समस्या समाधान हुने संकेत छ । तर पारिवारिक सम्बन्ध केही कमजोर बन्न सक्ने सम्भावना देखिन्छ।
समाज
थप सामाग्री
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२ घण्टा अगाडि
2.6kViews 376 Shares Share on Facebook Share on Twitter काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी…



