भन्सार छली ल्याइएको १३ लाख रूपैयाँभन्दा बढीको काजु सशस्त्र प्रहरीले बरामद

काठमाडौं । भारतबाट चोरीपैठारीमार्फत नेपाल भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका काजु सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बलका अनुसार सोमबार धनुषा नगराइन नगरपालिका–२, जटहीस्थित एक खेतबारीमा लुकाइ–छिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको काजु फेला परेको हो।

उक्त स्थलमा गरिएको अपरेसनमार्फत १,३७० किलोग्राम काजु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद काजुको बजार मूल्य झन्डै १३ लाख ७० हजार रूपैयाँ पर्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइएका काजु स्थानीय क्षेत्रका खेतबारीमा गोप्य रूपमा राखिएको अवस्थामा भेटिएको हो। बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चोरीपैठारी नियन्त्रणका लागि निगरानी थप कडा पारिएको बताएको छ।

 

Facebook Comments Box
TOP
121 Shares