नागर्जुनमा मिटरव्याजी गजेन्द्र मास्केको दबदबाको आरोप

काठमाडौं । देशकै संघीय राजधानी काठमाडौंको मुटुमा रहेको नागर्जुन नगरपालिकामा बसोबास गर्दै आएका मिटरव्याजि उर्फ गजेन्द्र मास्केको धन्दाबारे पर्दाफास भएको छ। मिटर व्याजीका नाइके मास्केले नेपाल प्रहरीकै सेटीङ्गमा हजारौंलाई घरवार बिहिन बनाएको समाचार यस अघिनै विभिन्न समाचार माध्यमबाट प्रकाशित भइसकेको छ ।मिटर व्याजी मास्केले नेपाल प्रहरीकै आडमा विगतकेही वर्ष देखीनै नेपाल प्रहरीकै उच्चअधिकारीहरुक‍ो संरक्षणमा गरिव निमुखाहरुलाई ऋणको नाममा घरवारविहीन      बनाउँदै आएको आरोप छ ।मास्केले काठमाडौंमा दुःख जिलो गरि जिविकोपार्जन गरि बाँचीरहेका गरिब परिवारलाई घरनघाटको मात्रै होइन मिटरव्याजको जालोमा पार्दै करिब १५ जना भन्दा बढिलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै दु:ख दिईरहेको सोर्त बताउँछ ।उनको  मिटरव्याजको चक्रव्य्हुमा परि कति त विदेश भाषिन समेत बाध्य भएको सोर्त बताउँछ ।विगतमा जग्गा दलाली गर्दै आएका मास्के तत्कालीन काठमाडौ जिल्ला प्रहरी प्रमुख समेत रहेका हनुमानढोकाका डिएसपी किरण गौतमको सम्पर्कमा पुगेपछि उनको अपराध कर्मको सुरुवात भएको उनी निकट जानकारहरुले बताउने गरेका छन । सुरुवाती क्रममा हालका मिटर व्याजी मास्के  सामान्य सवारी चालक रहेको र पछी स्वयं तत्कालीन हनुमानढोकाका डीएसपी गौतमको आडपछि मास्के मिटरव्याजी जस्तो अपराध कर्ममा लागेका सोर्तको दाबी छ ।उनले यस्तो अपराधपुर्ण धन्दाको कमाईले काठमाडौंको विभिन्न ठाउँमा करिब ५ वटा बङ्गला समेत जोड्न सफल भएको सोर्तको दाबी छ। शक्ति ,सत्ता र पहुँचको भरपुर उपयोग गर्दै आएका हस्ताक्षर मात्र गर्नसक्ने मास्के काठमाडौंको गरिब परीवारमा जन्मिएका सोर्तले बताएको छ ।परीवारको आर्थिक अबस्था कमजोर भएपनी खरखजनाको लागी काठमाडौका स्थायी बासिन्दा मास्के मिटरव्याजी धन्दामा लागेका उनि निकट जानकाहरुले बताउँदै आएका छन ।काठमाडौंको गणेस्थान स्थित हनुमानस्थानमा जन्मिएका मास्केको शिक्षा भने शुन्य रहेको उनिनिटक आफन्तहरुले बताउँदै आएका छन। यस्तै अनुपढ र गरिवीको रेखामुनि रहेका एक जग्गा दलाल एवम् मिटरव्याजी मास्केलाई नेपाल प्रहरीको उच्च ओहदामा रहेका पुर्व आइजिपीले समेत आर्थिक नजरनाको भरमा सहयोग गरेक‍ो आरोप छ । भु- माफिया मास्केले नेपाल प्रहरीका उच्च अधिकारीहरुका समेत मोटो रकमलिई गरिवहरुलाई मिटरव्याजमा लगाई उनले चक्करवर्ती मिटरव्याजमा गरीवहरुलाई रोडमा पुर्याएका पिडितहरुले बताँउदै आएका छन। शक्ति ,सत्ता अनि मुडेबल र नेपाल प्रहरीकै पहुँचमा दिनदहाडै गुण्डागर्दी गर्दै  गरिबहरुको छाक खोसी लुटिएको पैसाले मिटर व्याजी गजेन्द्र मास्केले काठमाडौंको  नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलस्थित ,विल्सन स्कुल नजिक रहेको जग्गामा भव्य महल बनाएको सोर्तको दाबी छ।        मिटरव्याजी मास्के सोर्तका अनुसार आफू काम नगर्ने अनि गुण्डा राज चलाउँदै छरछिमेकीलाई पेल्ने र मिटर व्याज अन्तरगत लाखौंको असुल्ने उनको दैनिकी पनि हो।

यसैगरी ,करिब ५ आना जग्गाको क्षेत्रफलमा लुक्ने भव्यमहल बनाएको समेत मिटरव्याजी मास्केले ठाँउन- कुठाँउ हालका गृहमन्त्री ओम प्रकाश अर्यालको नाम लिई बदनाम गर्दै हिँड्ने गरेको बताइन्छ ।
नागार्जुन नगरपालिका वडा नं. ६, टौखेलस्थित जग्गा सम्बन्धी विवादमा आफूविरुद्ध फैलाइएका आरोपहरू आधारहीन र एकपक्षीय रहेको भन्दै स्थानीय व्यवसायी कुमार लामिछानेले खण्डन गर्नुभएको छ। उहाँका अनुसार गजेन्द्रराज मास्के पक्षले तथ्य नबुझी भ्रम फैलाएको र कानुनी प्रक्रिया नमान्दै सार्वजनिक दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।
लामिछाने पक्षको दाबी अनुसार सो क्षेत्रमा वर्षौंदेखि चलनचल्तीमा रहेको पहुँच मार्गलाई व्यवस्थित गर्ने विषयलाई जबर्जस्ती बाटो खनिएको भनी गलत रूपमा चित्रण गरिएको हो। उहाँले कुनै पनि काम स्थानीय तहको जानकारीबिना वा प्रशासनको आदेश अवज्ञा गर्दै नगरेको स्पष्ट पार्नुभएको छ।
नापी कार्यालयसँग मिलेमतो गरी नक्कली कागजात बनाएको आरोपप्रति प्रतिक्रिया दिँदै लामिछानेले आफ्नो पक्षबाट कुनै नक्कली पुर्जा वा कागजी हेरफेर नगरिएको र नापी सम्बन्धी सम्पूर्ण काम सरकारी प्रक्रियाअनुसार भएको दाबी गर्नुभएको छ। “यदि कसैले गलत काम गरेको प्रमाण छ भने सम्बन्धित निकायमा जाँच होस्,” उहाँको भनाइ छ।
गजेन्द्रराज मास्के पक्षले सार्वजनिक गरेको हातपातको आरोपलाई पनि लामिछानेले असत्य र बढाइचढाइ भएको बताउनुभएको छ। उहाँका अनुसार सो दिन विवाद चर्किए पनि कुनै कुटपिट भएको थिएन, र घटनालाई राजनीतिक तथा प्रशासनिक दबाब सिर्जना गर्ने उद्देश्यले अतिरञ्जित बनाइएको हो।
यसैबीच, प्लटिङ र सार्वजनिक जग्गा अतिक्रमणको आरोपबारे लामिछाने पक्षले आफूले कुनै सार्वजनिक जग्गा वा राजकुलो मासेको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। “यदि उल्लङ्घन भएको छ भने कानुनअनुसार कारबाही स्वीकार्य छ,” उहाँले भन्नुभयो।
वडा कार्यालयका जनप्रतिनिधि र नापी कर्मचारीको संलग्नता रहेको भन्ने आरोपलाई पनि लामिछाने पक्षले पूर्वाग्रही आरोप भन्दै अस्वीकार गरेको छ। उहाँका अनुसार गजेन्द्र मास्के पक्षले आफ्नो निजी विवादलाई राजनीतिक र प्रशासनिक रंग दिन खोजेको छ।
कुमार लामिछानेले सबै पक्षलाई कानुनी निकायको निर्णय कुर्न र मिडियामा अप्रमाणित आरोप नलगाउन आग्रह गर्नुभएको छ। “न्याय अदालत र सम्बन्धित निकायबाट हुन्छ, हल्लाबाट होइन,” उहाँको भनाइ छ।काठमाडाैं। नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलस्थित विल्सन स्कुल नजिक रहेको जग्गामा मिटरब्याजी गजेन्द्र मास्केको जगजगी देखिएकाे छ। मिटरब्याजीले जबर्जस्ती बाटोमा पर्खाल लगाउने काम गरेर दुख दिने गरेकाे जग्गा धनी कुमार लामिछानेले गुनासाे गरेका छन्।यसै गरि यश समाचारको विषयमा मिटरव्याजी गजेन्द्र मास्केलाई सम्पर्क गर्दा घुमाउरो भाषामा मिटरव्याजमा पैसा लगाएको स्वीकार गरे।उनले भने “मैले ७५ लाख रुपैयाँ जग्गामा लगानी गरेको हो त्यसको फाइदा बापत बढी मागेको हुँ अब म धेरै बोल्दिन म भोलि वकिल लिएर आउँछु।” 

Facebook Comments Box
TOP
446 Shares