

रोशी खोलाको बाढीले वीपी राजमार्ग पूर्ण अवरुद्ध, यात्रुहरुलाई सावधानी अपनाउन आग्रह
काभ्रे । अविरल वर्षासँगै बढेको रोशी खोलाको बहाव सडकमा पस्दा वीपी राजमार्ग शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान करिब ३:३० बजे काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने विभिन्न स्थानमा खोलाको पानी सडकमा पसेपछि सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चारसयबेसी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा सडक डुबानमा परेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। लगातारको वर्षाले खोलाको बहाव तीव्र बनेर सडकसम्म पुगेपछि जोखिम बढेको बताइएको छ।
हाल प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको छ। यद्यपि पानीको बहाव अझै उच्च रहेकाले तत्काल सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, आवश्यक नपरेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा सतर्क रहन समेत अनुरोध गरिएको छ।
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१८ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



