

चलचित्र निर्माता शिवराज कार्की वैदेशिक रोजगारी ठगीको आरोपमा पक्राउ
काठमाडौं — चलचित्र ‘तेलभिसा’ का निर्माता शिवराज कार्की वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भू क्षेत्रमा कार्कीलाई ठगी तथा वैदेशिक रोजगारसम्बन्धी कसुरमा पक्राउ गरेको हो। उनी वैदेशिक रोजगारीका नाममा अमेरिकासहित विभिन्न देश पठाइदिने भन्दै व्यक्तिहरूसँग प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म रकम असुल गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार उनले करिब २००–२५० जनालाई ठगी गरेका थिए, र हालसम्म १०० भन्दा बढी पीडितहरूले प्रहरीसमक्ष उजुरी दर्ता गराइसकेका छन्।
वैदेशिक रोजगार न्यायाधिकरणले गत भदौ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर कार्की त्यसपछि भारतमा लुकीछिपी बस्दै अन्नपूर्ण फास्टफुड खोली व्यवसाय गर्दै आएका थिए। अनुसन्धानमा खुलेको छ कि उनले भारत सरकारद्वारा जारी आधार कार्ड र प्यान कार्डसमेत लिएका थिए।
कार्की चलचित्र निर्माता संघका साधारण सदस्य हुन् र ‘तेलभिसा’ अघि उनले ‘चि मुसी चि’ नामक फिल्म निर्माण गरेका थिए। यसअघि उनले सञ्चालन गरेको ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ नामक भिसा कन्सल्टेन्सीको आडमा मानिसहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल गर्ने गरेको खुलेको छ।
त्यस्तै, ‘तेलभिसा’ को निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेमाथि पनि ठगीको उजुरी दर्ता भइसकेको छ। उनीहरूले अमेरिका लैजाने प्रलोभन देखाएर रकम असुल गरेको आरोप छ, तर पैसा फिर्ता नगरी अमेरिकी यात्रा गराइएको थिएन।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।
समाज
थप सामाग्री-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
-
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
धरौटीमा रिहा भए युवराज पौडेल (सफल)
६ घण्टा अगाडि
2.6kViews 286 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको अभियोगमा पक्राउ…



