

प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश शैलीतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन्।
रुकुम पश्चिमको सदरमुकाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका हुन्।
उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति कडा आपत्ति जनाउँदै यस्तो कार्य संसद् र लोकतान्त्रिक परम्पराको मर्मविपरीत रहेको टिप्पणी गरे। “सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्र र संसदीय अभ्यासविरुद्ध हो,” उनले भने, “यस्ता अलोकतान्त्रिक कदम नअपनाउन सरकारलाई सचेत गराएका छौँ।”
सुकुमबासी समस्यामा सरकारको पछिल्लो कदमप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्दै डोजर चलाउनु “पूर्णतः गलत” भएको उनको भनाइ छ।
“यदि अतिक्रमण भएको छ भने वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ,” उनले भने, “तर सरकारले हतारोमा बल प्रयोग गरेर समस्यालाई झन् जटिल बनाएको छ।”
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
५ घण्टा अगाडि
2.2kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



