आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुन् । उनी श्रीवैष्णव थिए । उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ ।
वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।
सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गरे । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए । रामानुजाचार्यले वेदान्तबाहेक सातौँ, दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।रामानुजले बाल्यकालको शिक्षा काञ्चीपुरम्मा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरूद्वारा वैदिक शिक्षा प्राप्त गरेका थिए । पछि उनी आलवन्दार यामुनाचार्यको मुख्य शिष्य थिए । रामानुजले गुरूको इच्छाअनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टिप्पणी (व्याख्या) गर्ने सङ्कल्प लिएका थिए । धर्मको क्रमअनुसार उनले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गम रहेका यतीराज नामक सन्यासीसँग सन्यास आश्रमको दीक्षा प्राप्त गरी सन्यासी भएका हुन् । यसपछि उनको नाम यतीराज पनि रहन गयो । उनले मैसूर नामक स्थान रहेको श्रीरङ्गम छोडेर शालिग्राम नाम गरेको ठाउँमा गएर १२ वर्षसम्म श्रीसम्प्रदायको प्रचार गरेका थिए । वैष्णव धर्मको प्रचारका लागि समग्र भारत हुँदै नेपालको मुक्तिनाथसम्म आएका थिए । सन् ११३७ मा एक सय २० वर्षको उमेरमा उनी ब्रह्मलीन भए । रामानुजाचार्यले धेरै ग्रन्थको रचना गर्नुभएको छभने ब्रह्मसूत्रमाथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम् र वेदान्त सङग्रह निकै लोकप्रिय छन् । रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत्को सम्बन्धमा तीन स्तर मानिएको छ ।
समाज
थप सामाग्री-
काठमाडौंको जोरपाटीमा सञ्चालित “हाम्रो गुठी”मा भ्रष्टाचार गरेको आरोप, बुबाको मृत्यु हुँदापनि गुठियारले पाएनन राहत
-
आज फागुन २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
आज बिहीबार : बुढानिलकण्ठ भगवान्को आशीर्वादले दिन शुभ रहोस्
-
समानुपातिकतर्फ १ कराेड ७ लाख मतगणना : रास्वपालाई ५१ लाख २९ हजार मत
आज फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
5.5kViews 192 Shares Share on Facebook Share on Twitter मेष- खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै…



