विपद् व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) जनताको साथमा, राहतको अग्रपंक्तिमा

काठमाडौं । २०८२ असार २० गते नेकपा (माओवादी केन्द्र), विपद् व्यवस्थापन केन्द्रीय विभागको बैठक सम्पन्न भएको छ । पार्टीका जनवर्गीय तथा शुभेच्छुक पेशागत संगठनका अध्यक्ष सहभागी बैठकले चट्याङ, बाढी–पहिरो, डुबानलगायत विपद्का अन्य सन्दर्भमा केन्द्रदेखि स्थानीय तहसम्म जनताको जीवन र सम्पत्तिको सुरक्षार्थ सक्रिय हुने निर्णय गरेको छ।

बैठकले पार्टीका जनवर्गीय संगठनका संयन्त्रमार्फत् माथिदेखि तलसम्म विपद् व्यवस्थापनका लागि स्थायी संरचना निर्माण गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको नेतृत्वमा पूर्व–सूचना प्रणाली, जनसञ्जालको उपयोग, उद्धार, राहत र पुनर्निर्माणका कार्यक्रम अझ समन्वित, संगठनिक र प्रभावकारी ढंगले अघि बढाइने भएको छ। बैठकले अघिल्ला वर्षमा अध्यक्ष प्रचण्डसहित सिंगै पार्टीले पश्चिम नेपालमा आएको भूकम्प, काभ्रेका विभिन्न गाउँपालिका, काठमाडौं उपत्यका (नख्खु, बल्खु, बागमती किनार)मा डुबान, कटान, बाढीपहिरोका बेला फिल्डमा उत्रिएर उद्दार र राहतमा पु¥याएको सहयोगको स्मरण समेत गरेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी संरचना र सञ्जालमार्फत विपद् प्रतिकार्यलाई जनमुखी बनाउन र छिटोभन्दा छिटो विपद्मा परेका जनतामाझ जानका लागि संयन्त्र निर्माण र सञ्चालनबारे पार्टीको धारणा राख्नुभएको थियो। बैठकमा सहभागी जनवर्गीय तथा शुभेच्छुक पेशागत संगठनका अध्यक्षले आ–आफ्नो संगठनको प्रकृतिअनुसार ‘फिल्ड’मा खटिने र जनतालाई विपदबाट जोगाउन हरतरले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा विपद् व्यवस्थापन केन्द्रीय विभागका प्रमुख सूर्य सुवेदी (पथिक)ले पार्टीको नेतृत्वमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि सम्मिलित टिम केन्द्रदेखि स्थानीय स्तरसम्म बनाइने बताउनुभयो । टिममा सहभागी प्रत्येक सदस्य विपदमा परेका जनतालाई सहयोग गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । ‘कुन तहमा कति संख्या र कस्तो खालको टिम आवश्यक पर्छ, त्यही अनुसार आफू सम्मलित संगठनलाई सक्रिय बनाउनुस्’ पथिकले भन्नुभयो ।

पार्टी उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP
483 Shares