

देशका उच्च नेतृत्वमा मानसिक विचलन आएको हो ?
कृष्णप्रसाद शर्मा , पन्थी
देशका मूर्ति तस्करहरूले देशका बहुमूल्य मूर्ति अन्तर्राष्ट्रिय बजारमा अर्बौंको तस्करी गरेका छन्। विगत हप्ता अमेरिकाले नेपालबाट चोरी गरेर अमेरिका पु¥याइएका ६७ अर्ब मूल्य बराबरका मूर्तिहरू अमेरिकी डोनाल्ड ट्रम्पको प्रशासनले नेपालमा फिर्ता गरेको छ। जसरी विगतमा नेपालमै बनाइएका हतियार, जो राणाकालीन समयमा गेहेन्द्र शम्शेर नेपाली वैज्ञानिकले बनाएका पेस्तोलसहितका हतियार अमेरिकाले फिर्ता गरेको थियो। यसरी नेपाली वस्तुकला, मूर्ति, पुरातत्त्व विभागसमेतबाट अनमोल मानिएका अति प्राचीन मूर्तिहरू भारत, बेलायत, सिंगापुर, अष्ट्रेलिया, दुबई जस्ता राष्ट्रहरूमा अनगिन्ती चोरी गरेर वा सेटिङ्गबाट बेचिएको छ।
देशको धर्म, संस्कृति, भाषा, साहित्य, संस्कृत देवभाषासमेत समाप्त पारिएका छन्। नेपालका ऋषि महर्षिहरूबाट सृजना गरिएका “ॐ“ र “श्री“ जस्ता शब्दहरू पनि मेटाउन लगाइएको छ।यस मानेमा यी विदेशी दलाल र परजीवी तथा लम्पसारवादीहरूले आयातित गणतन्त्रको नाममा देशमा विदेशी धर्म स्थापना गर्न अर्बौं पैसा खाएका छन् र ५० हजार अन्तर्राष्ट्रिय संस्था अर्थात् क्ष्ल्न्इ खोलेर जनताको नाममा आएको पैसासमेत देश नै बेच्न, धर्म बेच्न, संघीयतालाई निरन्तरता दिन म्भभउ क्तबतभ mभअजबलष्कm बाट ग्क्ब्क्ष्म् बाट पैसा खाएको विषय अमेरिका र भारतले स्पष्ट पारिसकेका छन्।
देशमा अनगिन्ती अपराध भएका छन्। सार्वजनिक जग्गा कहीँ बाँकी छैन। मसानघाटसमेतलाई निजी सम्पत्ति बनाएका छन्। शेरदरवार, गिरीबन्धु, ललिता निवास, बाँसबारी, स्काउट, यति तथा कति हो कति सबै सर्वनाश परेका छन्।अब प्रश्न रहेको छ — राजा ज्ञानेन्द्रलाई मूर्ति चोरको आरोप पूर्व प्रधानमन्त्री प्रचण्डले लगाए, र मूर्ति चोर मात्र भनेनन्, उनले वीरेन्द्रको बंशदाइको हत्यारा समेत भन्न भ्याए। त्यति ले पुगेन, राजालाई सुन तस्करसमेत बनाए। सुन तस्करीमा को नायक हो र माओवादी पार्टी नै सुन तस्करीमा तत्कालीन रूपमा संलग्न भएको स्पष्ट देखिन्छ भने एमाले नेता, पूर्व गृहमन्त्रीसमेत रहेका वामदेव गौतमले त सुनको सिन्डिकेट खोलेर सुनको न भन्सार, न कर, न जफत, न कुनै विधि, खुलमखुल्ला तस्करी गरेको इतिहास छ।
राजा ज्ञानेन्द्रले कहाँ, के, कसरी सुनको तस्करी गरे भन्ने प्रमाण चाहियो, सम्मानित उच्च नेतृत्व र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु?देशमा अन्य नेतृत्वभन्दा फरक भिजन भएका, राष्ट्रवादी केही अडान भएका र वर्तमान समस्याको समाधानका लागि कोशेढुङ्गा सावित हुन सक्ने भनेर पटक–पटक सुझाव र सल्लाह पाएका सम्मानित प्रधानमन्त्रीज्यूले पनि प्रचण्डकै सापटी लिएर राजालाई भन्न भ्याउनु भएको रहेछ?के राजा बोल्न नपाइने? उनलाई सम्मान र स्वागत जनताले गर्दा तर्सिने अवस्था कसले बनायो — राजाले, जनताले वा तपाईंहरूले? अब स्वागतमा जनसागर उपस्थित भएको देखेर डराएर तपाईंका निवासमा निषेधाज्ञा लगाउने? अब राजा सडकमा जनतासँग उत्रिएपछि त तपाईंहरूको अवस्था के होला?
अब जनता तपाईंको पक्षमा छैनन्, भ्रममा नपर्नु होला। किनभने तपाईंहरूको कुकर्मका कारणले नै यो परिस्थिति जन्मेको हो। तपाईंहरूले राम्रो काम र देशमा विकास, शिक्षा, स्वरोजगार, समानुपातिक न्याय, सुशासन, भ्रष्टाचारको अन्त्य र दण्डहीनताको अन्त्य गरिदिनु भएको भए, राजाले देश बचाउन साथ दिनुहोस् भनेर नेपाली नागरिकले आह्वान गर्नु पर्ने समय आउँदैनथ्यो?यो दोष कसको? र यसमा को जिम्मेवार छन्? नेतागणलाई देशका नागरिकको प्रश्न।
२०४० तिरको विषय हो र त्यस भन्दा पूर्व २०३६ सालको आन्दोलनको समयमा युवा अध्यक्ष मण्डल गठन गरिएको थियो, त्यसमा पदम ठकुराठी एक जना पत्रकारले साप्ताहिक विमर्शमा काम गर्थे। उनले बाहिरी आवरणमा पञ्चायतको समर्थक थिए भने भित्री आवरणमा भारतीय जासुसी संस्थाका जासुसी थिए। उनलाई उपयुक्त पात्र ठानी भारतीय जासुसी संस्था च्ब्ध ले प्रयोग गर्यो।
भारतले नेपाललाई हडप्न चाल–जाल बुनिरहेको थियो। जबसम्म नेपालको राजा, राजसंस्था र राजकुललाई बदनाम गरेर होस् वा हत्या नै गरेर किन नहोस्, नेपाललाई भारतले कब्जा गर्ने ःष्ककष्यल च्ब्ध को प्रयोग गरिरहेको थियो, र पदम ठकुराठीलाई माध्यम बनाएर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई नियत र षड्यन्त्रपूर्वक एउटा विमर्श साप्ताहिक पत्रिकामा एउटा समाचार छापियो — भक्तपुरमा मूर्ति चोरी गर्न राजा ज्ञानेन्द्रको अगुवाइमा क्रेन नै लिएर मूर्ति चोरी गर्न गएकोमा स्थानीय जनताले थाहा पाई भागे भने, तत्कालीन नेपाल प्रहरीका डीएसपी रूपकराज शर्मालाई अपहरण गरियो भनेर।
अनुसारको क्रममा यो विषयमा अनुसन्धान गर्दै जाँदा निराधार, कपोकल्पित, भ्रमक समाचार छापेको प्रमाणित पनि भयो। तत्कालीन भक्तपुरका सुरक्षा प्रमुख पनि कतै अपहरित नभएको पुष्टि भएको इतिहास साक्षी छ। यो समाचार सनसनीपूर्ण बाहिरी तर केवल भारतीय च्ब्ध को डिजाइनमा अफवाह फैलाउने काम भएको हो।यसमा न कुनै प्रमाण छ, न त्यो मूर्ति र मन्दिरको कुनै कुरा छ। न साक्षी छन्, न कुनै प्रमाण। यसरी तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई बदनाम गरियो।पछि यो खबर गलत भएबाट च्ब्ध् मिशन असफल भएपछि च्ब्ध् कै डिजाइनमा पदम ठकुराठीलाई गोली हानेर मार्नेसम्मको काम भयो। भाग्यवश उनी बाँच्न सफल भए। यो कालो कर्तुतको वास्तविक भण्डाफोर भएको हो।समय अन्तरालमा पाकिस्तानबाट नेपाल फर्कने क्रममा विमान दुर्घटनामा तत्कालीन डीएसपी, पछि एसपी भएका रूपकराज शर्मा दुर्भाग्यवश मृत्यु भए।
यसरी राजा र राजसंस्थालाई बदनाम गर्न हदसम्म स्वदेशी र विदेशी लागेका थिए भन्ने इतिहास साक्षी छ। न तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र मूर्ति चोरी गर्न गएका हुन्, न उनको कहीँ कतै संलग्नता छ।यो घटनाको अनुसन्धान म अति नजिकै भएर हेरेको, र यो भ्रमको जालो फिजाएर बदनाम गर्न खोजिएको अति घृणित र लज्जास्पद बनावटी घटना हो।
यसैगरी, जबसम्म राजा वीरेन्द्रको हत्या गरिँदैन, तबसम्म नेपालमा विदेशी चलखेल हुन सक्दैन भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, सेना प्रमुख र अन्य सुरक्षा अंगका प्रमुख, पार्टीका शीर्ष नेतृत्व, अमेरिकी जासुसी संस्था ऋक्ष्ब् र भारतीय जासुसी संस्था च्ब्ध् समेत मिलेर वीरेन्द्रको सिंगापुरमा दुई दशकदेखि योजना बनाएर हत्या गरिएको थियो।
पहिलो आक्रमणमा चीनलाई थाहा भएर राजा वीरेन्द्र बाँच्न सफल भएका थिए, तर दोस्रो यो हत्या योजना र रणनीतिक महत्त्वको सूचना पाउन नसकेको कारणले भारतीय प्रधानमन्त्री राजीव गान्धीको नेपालमा राजसंस्था नै समाप्त पार्ने योजना, र तत्कालीन च्ब्ध् प्रमुख आर. के. यादवले पारेको स्पष्टता र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आफ्नो किताबमा समेत स्वीकार गरेको परिस्थितिले — र हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा सत्ययुग आएजस्तै छर्लङ्ग भएको छ।
अमेरिकी धर्मगुरुले अमेरिकी सरकारलाई सुझाव दिए — नेपालबाट ल्याइएका देवी–देवताको सम्मान, पूजा, पाठ, आरती भएन, जसका कारण अमेरिकी नागरिकले आगजनीको महा संकट भोग्नुप¥यो भनेर सम्मानपूर्वक देवी–देवताका मूर्तिहरू फिर्ता गरिएको हो।अब ती देवी–देवताहरूलाई प्राण–प्रतिष्ठा सही स्थानमा सम्मान नगरेमा अर्को दैविक विपत्ति र राष्ट्रिय संकटका साथै अकल्पनीय क्षति हुन सक्छ। देशको सरकार, पुरातत्त्व विभाग, धार्मिक संघसंस्था र सरोकारवालाहरूले समयमै समयोचित व्यवस्थापन गर्न जरुरी छ।
नेपालमा राजसंस्था, राजा र धर्म समाप्त पार्न स्वदेशी र विदेशीले कति सम्म गद्दारी गरेका रहेछन् भन्ने स्पष्ट भएको छ। वीरेन्द्र राजाको हत्या ज्ञानेन्द्रबाट भएको हो भनेर जनतामा राजा र राजसंस्थाप्रति भ्रम फैलाउन राजा ज्ञानेन्द्रलाई बदनाम गर्न उनका परिवारलाई केही नहुने र वीरेन्द्रको मात्र वंशनाश हुनुले राजा ज्ञानेन्द्रलाई दोष लगाएर जनतालाई भ्रममा पार्ने काम गरिएको रहेछ भन्ने त स्पष्ट भएको देखिन्छ, र “पाप धुरीबाट कराउँछ” भन्ने स्पष्ट भएको कारणले देशका आपराधिक मानसिकता भएका उच्च नेतृत्वहरू बडबडाउन लागेका छन्।
अब ऐनाजस्तै छर्लङ्ग भएको छ। दोषी राजा ज्ञानेन्द्र होइनन्, दोषी को रहेछन् र अब के हुन्छ भन्ने निर्णय जनताले गर्ने दिन आएको छ। देशभक्त राजा ज्ञानेन्द्रलाई हाम्रो साथ, समर्थन र समर्पण रहने निर्णय जनताले गरिसकेका छन्। अब सबै पार्टी, दल, समस्त राष्ट्रवादी शक्ति, सेना, प्रहरी, निजामती कर्मचारी, नागरिक समाज, सर्वसाधारण नागरिक र राजा एक भएर जाने यथार्थ सत्य हो, र यो आजको अपरिहार्य आवश्यकता हो।
एजेन्डा एउटै, गन्तव्य एउटै र उद्देश्य तथा लक्ष्य एउटै हो भने विभक्त किन? छुट्टाछुट्टै किन? सबैलाई देशको स्वाधीनता चाहिने, हिन्दु राष्ट्र चाहिने, देशमा सर्वमान्य राजा र राजसंस्था चाहिने। संघीयता खारेजी गर्ने साझा एजेन्डा हो भने छुट्टाछुट्टै पसल थापेर फसल खाने काम बन्द गरेर एक भएर “संघे शक्तिः कलौयुगे” — एकता नै बल हो — यो एकताबाट सबै एक हुन जरुरी छ। र यो महायज्ञमा समर्पणसहित ऐक्यबद्धताका साथ समयले मागेको र धर्ती, प्रकृति र नेपाल मातृभूमिले दिएको आदेश हो। देशका भ्रष्टाचारी र राष्ट्रघातीलाई शक्तिहीन बनाएर देश बचाउने साझा आन्दोलन हो।
यो राष्ट्रिय आन्दोलनमा सबै पार्टीका समर्थक र राष्ट्रवादी नागरिकको सहमति र समर्थनको आधीबेरी ज्वारभाटा ल्याउने मानवीय समुद्र हो। त्यसर्थ, नजरअन्दाज नगरी रक्तपातविना सहज समाधान र निकास तत्कालै खोजेर व्यवस्था गर्न वर्तमान प्रधान र सबै पार्टीका उच्च नेतृत्वमा यो आलेखबाट ध्यानाकर्षण पनि हो।अब देशको सरकार र उच्च पार्टी पंक्तिलाई अन्तिम अवसर हो — सच्चिने कि नष्ट हुने — नेपाली जनताले पहिलो र अन्तिम अवसरको प्रतिक्षामा छन्।अब यो राजनीतिक परिवर्तन र राजालाई रोकेर रोकिन्न, मिलेर जानु वा आत्मसमर्पण गर्नु बाहेक अन्य विकल्प नभएको वर्तमान जनआक्रोश भयावह परिवर्तनसहितको भू–धरातलीय राजनीतिक विश्लेषण रहेको छ।
जय मातृभूमि नेपाल।
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.2kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



