अर्थमन्त्री खनाललाई छैन ‘यसो-त्यसो’ भन्ने छुट

मधु लम्साल 

‘जेनजी’ आन्दोलनको परिणाम स्वरुप अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने मौका पाएका वर्तमान मन्त्रीपरिषद्मा दोस्रो वरियतमा रहेका अर्थमन्त्री रामेश्वर खनाल अर्थविद् मात्र नभएर पूर्व अर्थ प्रशासक पनि हुन् ।
त्यसैले राज्यको ढुकुडीको परिचालन गर्न उनैले आवश्यक विशेष अभियान चाल्नु पर्ने हुन्छ । अरु-अरु मन्त्रीले जस्तो उनले कोही कसैलाई दोष दिने ठाउँ रहने छैन ।
किनकी, आफैं अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहेर अर्थ सचिव समेत बनिसकेकाले देशको ढुकुटी कसरी परिचालन हुनुपर्छ भन्ने राम्रो ज्ञान वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई छ । विगतका दिनमा पो कर्मचारीतन्त्रले पूरापूर सहयोग गरेन भनेर मन्त्रीले दोष लगाउने अनी मन्त्रीले यस्तो-उस्तो दबाब दियो भनेर सचिव लगायत बजेट बनाउन बस्ने उच्च तहका कर्मचारी वर्गले दोषारोपण गर्ने गरिन्थ्यो ।
अहिलेको अवस्था फरक छ । कस्तो बजेट कसरी परिचालन, कसरी सदूपयोग गर्न पर्छ भन्ने राम्रो ज्ञान, हेक्का भएका रामेश्वर खनाल हालसम्मकै अर्थमन्त्री मध्ये सफल अर्थमन्त्रीका रुपमा भविष्यसम्म चिनिइराख्ने अवसर उनलाई छ ।
दलिय प्रभावका अर्थमन्त्री पनि कुनै-कुनै सन्दर्भमा रामशरण महत, भरतमोहोन अधिकारी, बाबुराम भट्टराईको नाम समग्रमा राम्रै चर्चामा पर्छ । अहिलेको अवस्था आफूलाई विगतमा सक्षम अर्थ प्रशासक, दबाबमा काम गर्न नरुचाउने पथमा उभ्याउने रामेश्वर खनाल अहिले आफैँ अर्थमन्त्री छन् । उनले पक्कै पनि केही गरेरै देखाउलान् जस्तो लाग्छ । गरेनन् भने उनी पनि उही ड्याड्को मुला सावित हुने हुन् । उनलाई वर्तमान अवस्थामा राज्यको ढुकुडी परिचालन गर्न अनी देशको अर्थतन्त्रलाई चलायमान तुल्याउन अहिलेकै अवस्थामा ‘इफ’ र ‘बट’ भन्ने अवसर मिल्नेवाला छैन् ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
116 Shares