आज असोज १८ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। धन आर्जनका लागि राम्रो दिन छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पन्न हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आय–आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ । आम्दानी बढ्ने भएकाले परिवारजनका आवश्यकताहरू पूरा हुनेछन्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णय लिनुहोस् । विचारलाई तौलिँदै व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको सम्भावना छ । लामो यात्राको सम्भावना छ । लाभदायी काम सुरु गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइको सम्भावना छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । आलस्यले अवसर गुम्न सक्छ। आर्थिक कारोबार आवश्यक नभएको अवस्थामा नगर्नु ठीक हुनेछ। नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । नसोचेको ठाउँमा खर्च हुन सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरमा काम रोकिन सक्छ । हिम्मत नगरेको कारण योजना कार्यान्वयन नहुन सक्छ । तत्काल ठूलो फाइदा नउठेपनि भविष्यका लागि महत्वपूर्ण काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । आफन्तसँग मिलनले सुख प्रदान गर्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको मूल्याङ्कन राम्रो हुनेछ । भौतिक साधन जुट्दा प्रसन्नता मिल्नेछ । पैसाको कमाइका लागि योग छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सक्ने सम्भावना छ । आटेको काममा सफलता प्राप्त हुनेछ। अरूबाट आलोचना, काममा बाधा वा धनमाल हराउने सम्भावना पनि छ । मनोरञ्जनात्मक तरिकाबाट काम पूरा हुनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै सम्पन्न हुनेछन् । समयमा काम पूरा नगरे अवसर गुम्न सक्छ । जिम्मेवारी बढि रहनेछ । सहयोगको आशा देखाउनेबाटै धोका पाउने सम्भावना छ । वादविवादको सामना गर्नुपर्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत नगरे केही पछि पर्न सक्छ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा डर महसुस हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । नयाँ प्रेमका अवसर र प्रेम विवाहको सम्भावना छ । पेटमा गडबडीको कारण खानपानमा ध्यान दिनुहोस् । रमाइलो दिन हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि पर्याप्त धन आर्जनको मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ। अप्रत्याशित लाभ सम्भव छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनुहोस्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यपूर्वक निरन्तर प्रयासले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा विशेष फाइदा मिल्नेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । अनावश्यक झमेलामा पर्न सकिन्छ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
326 Shares