सत्ता परिवर्तन भन्दा पनि अहिलेकाे आवश्यकता राष्ट्र जाेगाउने हाे ?

– डी.बी. नेपाली
आज नेपालमा मात्रै हाेइन संसारभरि चर्चाकाे बिषय जेन्जी ( Gen-Z) काे आन्दाेलनकाे सफलता र राजनैतिक परिवर्तनकाे जे जति गुणगान , प्रसंशा या बिराेध गरे पनि आँखिर रिजल्ट के त ? ०४६ पछिकाे राजनेताहरुकाे चरित्र,मिडियाकाे वास्तविकता भन्दा अलि पर गएर कसरी चर्चामा आउने ट्रेण्ड,साेसल वर्कर,साहित्य,राजनीतिक विश्लेषक ,राजा देखि रंकसम्ममा आएकाे नैतिक,सामाजिक र राजनैतिक विचारकाे स्खलनलाई परिवर्तनकाे राताे,कालाे,सेताे,पंहेलाे सप्तरङ्गी जुन जामा पहिनाए पनि हात लाग्याे शुन्य वाहेक केही उपलब्धी हुने संकेत केपी ओलाीकाे उखान टुक्का जस्तै हात्तीकाे दाँत देखिन थाली सकेकाे छ । कुशासन,भ्रष्टाचार,तस्करी,कमिशन,बलात्कार ,
घुसखाेरी, नेपाेटिज्म,जलवायु परिवर्तन जस्ता पुरै विश्वलाई प्रभावित गर्ने नकारात्मक विचार र कार्यशैली,९९% मेहनतकशकाे रगत पसिना माथि १%ले रजाइ गरि माैज मस्तीमा रमाउने मानवीयता रहीत सुकिलाहरुका विरुद्ध डिजिटल माध्यामद्वारा सामाजिक संजालकाे सहयाेगमा ११ देखि २८ बर्षसम्मका पुस्ता जसलाई जनरेशन -जी ( Gen-Z ) भनेर न्वारण गरिएकाेछ । विश्वभरिका जेनजीहरुकाे उद्देश्य र कार्यशैली एउट‌ै हाे उनीहरुले गर्ने गरेका परिवर्तनका आन्दाेलनहरुले सफलता पूर्वक सत्ता समिकरण परिवर्तन गर्न बाध्य पारे पनि जेनजी आफैमा संगठित छैन,उसले राजनीतिमा हस्तक्षेप त गर्छ तर आफै सत्तामा भाग लिदैन उसकाे नजरमा देखिएका केही ब्यक्तिहरु जाे कत‌ै न कतै उही पुरानै राजनीतिक व्यवस्थामा सम्लग्न रहेका थिए या जुडेका थिए तिनैलाई सत्ताकाे लगाम थमाएर आकाशकाे फल हेरेर बसी दिन्छ । संसार मै पहिलाे पल्ट केही घण्टा मै दुइ तिहाइकाे अहंकारमा डुबेकाे अनैतिक गठबन्धनकाे घमण्डी सरकार पानी नखाइ ढल्याे भने मपाइ महाराजा बा,दाजु ,भाउजुकाे सेनाले ज्यान जाेगाइ दिनुु पर्याे तर भ्रष्ट नेताकाे ज्यानकाे रक्षा गर्ने,विश्वमै अब्बल र बहादुर मानिने त्यही नेपाली सेनाले राजा बीरेन्द्रकाे वंश जाेगाउन सकेन,स्कुले बच्चाहरुकाे ताकी ताकी निधार र छातीमा गाेली ठाेकी हत्या गर्दा तिनीहरुकाे रक्षा गर्न सकेन,संसारमा शान्ति सेनामा खटिने नेपाली सेनाले भदाै २३/२४ गते आफ्नै मुलुकमा शान्ति कायम गर्न पूर्ण असफल देखियाे । नेपाल प्रहरी,सशस्त्र प्रहरी आफ्नै ज्यान जाेगाएर भाग्याे चैत १५ गतेकाे घटनाले राजावादीकाे आन्दाेलन तुहाए जस्तै गरिन्छ भन्ने गलत विश्लेषणले गर्दा ससाना बच्चाहरुलाई २/४ जना मारे भाग्छन् भनेर स्कूलका बच्चाहरुकाे हत्या गर्न लगाउने गलत निर्णयका कारण आज लुकेर जिन्टाहरुकाे घेरा भित्र साँस फेरेर बस्नु पर्ने अवस्था आइलाग्दा पनि उपरी मन्जिलकाे ढाेका खुल्दैन, आफ्ना गल्ती कमजाेरीहरुकाे आत्म विश्लेषण गरेर आम नागरिकसंग माफी मागेर सुध्रिने बाचा बन्धन गरेर देशलाई राजन‌ैतिक अस्थिरता, आन्तरिक द्वन्द र कसैकाे उपनिवेश हुनबाट जाेगाउन तिर लागेर हिजाे गरेका गल्तीकाे प्रायश्चित गर्नु बाहेक अर्काे विकल्प देखिदैन भने राजनीति,सत्ता ,पार्टी र जनता मेरा दास हुन्,मैले पालेका कुकुर र बाँदर हुन मैले जे चाह्याे त्याे गर्नु पर्छ मैले जे भन्याे त्याे मान्नु पर्छ भन्दै दशकाैं दशक हाइकमान आफ्नै मुट्ठीमा कसेर ह‌ैकम चलाउने हुकुमहरुले मुसाेलिनी,हिट्लर,जार,संसार जित्ने ब्रिटिश एमपाएरकाे इतिहास पढेनन् कि बुझेनन् ,सत्ता र राजनीति परिवर्तनशिल हुन्छ,एउटा पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्नै पर्छ भन्ने कुराकाे हेक्का राख्न सकेन भने समय स्वयंले त्यस्ता अहंकारीलाई साँसै फेर्न नसक्ने गरी दुलाे पसालेर धुलाे चटाउछ भन्ने ज्वलन्त उदाहरण भदाै २३/२४ गतेकाे घटनाले छर्लङ्ग पार्दा पनि अंझै म्याँउ म्याँउ गरेर परिवर्तन प्रेमी जनतालाई उल्टै जिसकाउन थालेका छन् । हिजै लखेटिएका दाेस्राे पुस्ताका हनुमानहरुकाे वकवास सुन्दा अंझै पनि तिनीहरुमा बा,दाजु ,भाउजुकाे गलत प्रवृतिकाे बिरुद्ध आवाज उठाउन सक्ने क्षमता छैन रहेछ भन्ने प्रष्ट पारेकाेछ ।
राणा शासनकाे वेला एउटा सैनिककाे चयनकाे क्रममा सबै प्रतियाेगिहरु एउटा बाङ्गाे टिङ्गाे रुखकाे अगाडि लाइनमा राखेर – “ल भन याे रुख साेझाे छ ” भनेर साेधिएकाे प्रश्नमा धेरैले डरले हजुर साेझाे छ भने छन तर एउटाले भने हजुर, ” हजुर बाैलाएकाे हाे कि मेराे गर्दन चिलाएकाे हाे”, याे रुख त बाङ्गाे छ भन्ने आँट गरेछ उसकाे त्याे शाहस देखे पछि ति राणा शासकले उसलाई नै चयन गरे छन् तर देशमा संघीय गणतन्त्र स्थापना भएकाे बाजा बजाउनेहरु ,माैलिक अधिकार पाएकाे वखान गर्नेहरुमा गणतन्त्रवादी हिटलरहरुकाे तानाशाही तन्त्र र मनाेमानी बिरुद्ध चुइक्कसम्म पनि गर्सक्दैनन् भने ति दलहरुलाई प्रजातान्त्रिक या गणतान्त्रिक भन्न सकिने अवस्था कतै देखिन्न । अब धेरै प्रसंसा र बिराेध भन्दा पनि मुल मुद्दा तिर लाग्ने हाे भने भदाै २३/२४ काे घटना हुनमा मुख्य कारक अहंकारी सत्ताधारी,उनले गरेकाे निर्णय र ११/१२ बर्षका स्कुले बच्चाहरुलाई निधार र छातिमा ताकी ताकी गाेली ठाेक्न लगाउने र उनकै आदेश मानेर हत्या गर्ने हत्याराहरु र त्यसैलाई निउ बनाएर संसद भवन,सिंहदरवार,सर्वाेच्च अदालत,मालपाेत लगायतका कार्यालय ताेडफाेड र आगजनी गरेर राष्ट्रका महत्वपूर्ण दस्तावेजहरु ध्वस्त पार्ने कार्यलाई कसरी परिवर्तनकाे कदम भन्न मिल्छ अनि याे घटना गर्नेहरु र गराउनेहरु दुवैले हत्या र आगजनी तथा ताेडफाेडकाे जिम्मा लिने कि नलिने ? राजतन्त्र स्थापना गर्न गरेकाे आन्दाेलनमा राजालाई दाेषी मान्नेहरुले भदाै २३/२४काे घटनाकाे जिम्मेबारी लिनु पर्छ कि पर्दैन? दाेषीहरु माथि कार्वाही हुनु पर्छ कि पर्दैन,लंका जित्ने हनुमान पगडी गुथ्ने ढेंडु भने जस्तै अहिलेकाे ऐतिहासिक अकल्पनीय परिवर्तनकाे पगडी इन्डाे पेसेफिकसंग कतै न कतै जुडेका ब्यक्तिहरुकाे हातमा पुगेकाे भन्ने कुराहरु सामाजिक संजाल भरि देखिन्छन, दाल मे कुछ काला ताे जरुर है । यदि यस्ता कुरा सही साबित हुन गए भने अब याे राष्ट्र जाेगाउने कुनै उपाए बाकी रहेकाे छ जस्ताे लाग्दैन ? जेनजी आफैले छानी छानी चुनेका ब्यक्तिहरुले सत्ता सम्हालेकाे एक महिना भैसक्याे तर राम्राे संकेत कतै देखिदैन उही हिजाेकै जस्ताे पुर्वाग्राही शैली बाहेक । पहिलेकाे संसद संवैधानिक रुपमा विघटन भएकाे भन्ने कुरा पनि क्लिएर छैन । अर्काे प्रत्येक्ष कार्यकारीकाे प्रधानमन्त्री चुनने भनिएकाे छ तर निर्वाचन आयाेगमा उम्मेदवारी त कुनै न कुनै दलकै नेताले नै दिने हाेला । निर्वाचन आयाेगले दल दर्ता गर्न भनि सकेकाे छ भने पछि कार्यकारी प्रत्येक्ष चुनिदैमा देशकाे राजनीतिमा परिवर्तन हुन्छ भन्ने साेचाँइ कति सही छ ? वास्तवमा भन्नु पर्दा,कुनै दलकाे या कुनै ब्यक्तिकाे हातमा सत्ताकाे लगाम थमाउनु भन्दा पनि विचार र कार्यशैलीमा परिवर्तन नएसम्म उही
रामायण,महाभारतकाे युग देखि नेपाल एकिकरणकाे अवस्था हाेस या राणा शासन फेरि राजतन्त्र अनि प्रजातन्त्र,कथित जनयुद्ध हुँदै गणतन्त्र हुँदै हालकाे अन्तरिम चुनावी सरकारसम्म आउदा फरक केही छ जस्ताे लाग्दैन । वर्तमाण सरकारले राम्रै काम गराेस र गरिरहेकाे छ भन्ने आम नेपाली युट्युब,फेसबुक र इन्स्टाग्राम एबीसिडी जे जति र जजसले सामाजिक संजाल या डिजिटल युगले जेजे भने पनि एक डेढ घण्टाकाे साउथ इन्डियन सिनेमा हेर्नु र वर्तमान नेपालकाे अवस्था हेर्दा केही फरक देखिन्न् । जनता र देशलाई माया गर्ने राजनीतिक पार्टीले जनताकाे निर्मम् हत्या गर्न सक्दैन भने जनता र देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ भनेर देशलाई माया गर्ने कुनै पनि राजा रंकले राष्ट्रीय सम्पत्ति,राष्ट्रकाे इतिहास,स्वदेशमै काम गरेर बाँच्न चाँहने युवालाई पनि बिदेशिन बाध्य बनाउन अड्डा अदालत र उद्याेगमा आगाे लगाएर ध्वस्त पार्न कतही सक्दैन ? राष्ट्रमा न्याय व्यवस्था र सुशासन चाहने राष्ट्रप्रेमी असली नेपाली डाेनेशनकाे पैंसामा आफ्नै घरमा आगाे लगाउन पट्क्कै सक्दैन ? ध्वंसले परिवर्तन गर्न सकिन्छ भन्ने विध्वंसकारी मदारीले आज्ञा दिए अनुसार नाच्ने बंदरले कहिलै बुझ्न सक्दैन तेसै कारण त्याे मदारीले जसरी नचाउछ आजीवन नाचीरहन्छ ?
पृथ्वीनारायण शाहले एकिकरण गरेकाे ग्रेटर नेपाल सके जतिकाे बल लगाउदा पनि दास बनाउन नसक्दा संसारमा पृथ्वीनारायणकाे नेपाल ब्रिटिश एम्पाएरकाे एकमात्रै दुश्मन थियाे तर इ.स. १९४५/४६ तिर उनिहरुले ब्यापार गर्ने निउमा आएर लगभग तीन सय बर्ष शासन सहजै चलाउन सफल भए पनि नेपाललाई कब्जा गर्न नसकेकाे रिसकाे बदला कसरी लिने भनेर गहन छलफल पछि हथियारले नेपालीलाई जित्न गाह्राे छ तर यिनीहरुलाई धर्म र जातकाे नाँउमा टुक्राटुक्रा पार्न सक्याे भने संसार जित्ने ब्रिर्टिशलाई पनि खुकुरीकाे भरमा जित्न सक्ने बहादुर नेपालीलाई दास बनाउन सकिन्छ भनेर जब लर्ड मैकालेले एनालाईसिस गरेर नेपाल माथि साेझै अटैक हाेईन नेपालीहरुकाे मानसिकता,कार्यशैली,धर्म,संस्कार माथि गर्दै आएकाे कन्भर्जन वारले त कतै ठाँउ पाउन सफल हुन लागेकाे त हाेइन भनेर शंका नगर्न सक्ने ठाँउ कतै देखिन्न ? साँच्च‌‌ै अब राष्ट्रप्रेमी नेपालीले नेपाल जाेगाउन चाहन्छन भने डाेनेशनकाे भरमा याे देश हाँक्न खाेज्ने दल र ती दलका नेता र ती दल,नेता र जनतालाई नचाउने एनजिओ,आइएनजिओहरुकाे निलाे मन र कालाे अनुहार आम नेपाली जनताले चिन्न जरुरी छ ? अहिलेकाे लडाइ सत्ता परिवर्तनसम्म मात्रै सिमित छैन पहिलाे आवश्यकता देश जाेगाउने हाे !

Facebook Comments Box
TOP
315 Shares