एक सातामा ५१० जनामा डेंगु सङ्क्रमण
काठमाडौँ । डेंगु देशका ७५ जिल्लामा फैलिएको छ । यस्तै पछिल्लो एक सातामा डेंगुका ५१० जना नयाँ बिरामी थपिएका छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विगत २४ घण्टामा ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गएको पुस महिनादेखि हालसम्म ६ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल सम्म गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३५ डेंगु सङ्क्रमित फेला परेका छन् । त्यसपछि बागमती प्रदेशमा १ हजार ४४० र लुम्बिनी प्रदेशमा १ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा ८२८, सुदूरपश्चिममा ७१४, कर्णालीमा ४२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । अन्य प्रदेशहरुकाे तुलनामा मधेस प्रदेशमा कम सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको छ । यहाँ १२८ जनामा सङ्क्रमण देखिएको छ ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



