भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना,सतकर्ता अपनाउन आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ।
विभागले शनिवारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उहाँको अनुरोध छ।
विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
बुवा मजदुरी गर्न साउदी,नेपालमा छोरी सांसद
-
ठगी योजनामा संलग्नलाई चेतावनी: सर्वसाधारणको पसिनाको पैसा हडप्न खोज्दा अन्त्य कस्टडीमै
-
भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना,सतकर्ता अपनाउन आग्रह
-
ललितपुरमा विद्यार्थी लक्षित लागूऔषध नियन्त्रण र सवारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
-
प्रहरीमाथि कारबाही सिफारिसपछि पूर्व एआईजी शर्मामाथि प्रश्न: ‘कडा छवि’ बनाउने प्रयास कि निष्पक्ष निर्णय?
६ सय घरपरिवारलाई पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानद्वारा माग
४ घण्टा अगाडि
2.5kViews 151 Shares Share on Facebook Share on Twitter दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी…



