आज बैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष –आज तपाईंलाई काम गर्न मन लाग्ने भएकाले मन प्रसन्न रहनेछ । आफन्तहरूले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । तर व्यवसायिक कामबीच अवरोध आउन सक्छ । केही चुनौती देखिए पनि प्रयास गरेमा समयको सदुपयोग भई धन लाभ हुने सम्भावना छ ।

वृष- आज हात हतियारबाट जोगिएर काम गर्नुहोस् । छरछिमेकसँग सामान्य मनमुटाव बढ्न सक्छ । तपाईंको कुरा काट्नेहरू सक्रिय रहनेछन्। ठूला व्यक्तिहरूबाट आलोचना हुन सक्छ र विवादको सम्भावना पनि छ । परिवारमा असमझदारी बढ्न सक्छ, मान्यजन वा अभिभावक रुष्ट हुन सक्छन्, त्यसैले सावधान रहनुहोस्।

मिथुन- आज तपाईंले केही काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ । जागिरमा अल्छीपन बढ्न सक्छ । कसैले काममा बाधा पुर्‍याउन सक्छ, जसले प्रगति रोक्न सक्छ । जागिरमा समस्या देखिए पनि धन र मान प्राप्त हुने योग छ । राजनीति वा पेशागत क्षेत्रमा आफ्नो प्रभाव बढाउन सकिनेछ ।

कर्कट-आज पराक्रम बढ्नेछ । अधुरा कामहरू सम्पन्न हुने र नयाँ काम पाउने योग छ । पढाइमा भने मन नलाग्न सक्छ । सोचेका काम पूरा हुने सम्भावना छ। पाहुनाको आगमन हुन सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुने र नयाँ अवसर हात पार्ने दिन हो ।

सिंह- आज प्राय: सबै काम सफल हुनेछन् । काममा साथ र सहयोग पाइनेछ । आर्थिक लाभ हुने दिन हो । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। भोज भतेरमा सहभागी भई ठूला व्यक्तिहरूको विश्वास जित्न सकिनेछ । सृजनात्मक कार्यमा सफलता मिल्नेछ र व्यापारमा पनि फाइदा हुनेछ ।

कन्या- आज वैदेशिक कार्यमा असफलता भई दुस्ख पाउने योग छ । भाग्यले साथ नदिन सक्छ र धनहानी हुन सक्छ । विवाद बढ्न सक्छ, सामाजिक मर्यादामा असर पर्न सक्छ । काममा अवरोध आउने र मानसिक चिन्ता बढ्ने सम्भावना छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

तुला- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । अन्न तथा धन लाभ हुने सम्भावना छ । नजिकका नातेदारबाट सहयोग पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनमा पनि फाइदा हुनेछ ।

वृश्चिक- आज धन कमाउने अवसरहरू सुरु हुनेछन् । सोचेका काममा सफलता मिल्नेछ । धन लाभको योग रहेको छ र दिन खुशीपूर्वक बित्नेछ। परिवारमा सुखद वातावरण रहनेछ । सहयोगी व्यक्तिहरू भेटिनेछन् र थकानबाट राहत मिल्नेछ ।

धनु- आज टाढाको यात्रा हुने सम्भावना छ । परिवारमा खुशीको माहोल रहनेछ । नयाँ ठाउँको भ्रमण र पुराना साथीहरूसँग भेटघाटले मन प्रसन्न हुनेछ । दिन रमाइलो बित्नेछ । यात्राबाट केही धन आर्जन हुने सम्भावना पनि छ ।

मकर- दैनिक प्रयोगका सामान बिग्रनाले आर्थिक हानि हुन सक्छ । स्वास्थ्य कमजोर रहनेछ र काममा सफलता पाउन कठिन हुन सक्छ । सामान्य रोगले पनि सताउन सक्छ । समय मध्यम छ । कुनै नयाँ समाचारले खिन्नता बढाउन सक्छ ।

कुम्भ- मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । तर सोचेका काममा अवरोध आउन सक्छ । अरूको काम धेरै गर्नुपर्ने भएपनि त्यसअनुसारको फल कमै प्राप्त हुनेछ । छर छिमेकमा केही असमझदारी बढ्न सक्छ, तर ठूलो हानि हुने छैन ।

मीन- बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । पढाइमा सफलता मिल्ने दिन हो । स्वास्थ्यमा सुधार आउने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान प्राप्त हुनेछ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा पाइनेछ । तर हल्का शारीरिक अस्वस्थता देखिन सक्छ ।

Facebook Comments Box
TOP
162 Shares