

२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व बौद्ध धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा परेको मान्यताका कारण वैशाख पूर्णिमा मानव सभ्यताको इतिहासमा अद्वितीय दिनका रूपमा लिइन्छ। यही दिन रुपन्देहीको लुम्बिनीमा राजकुमारका रूपमा जन्मिएका गौतम बुद्धले जीवनको गहिरो सत्य खोज्दै अन्ततः विश्वलाई अहिंसा, शान्ति र करुणाको मार्ग देखाएका थिए।
‘अहिंसा नै शान्तिको आधार हो’ भन्ने बुद्धको सन्देश आजको अस्थिर र द्वन्द्वग्रस्त विश्वमा अझ सान्दर्भिक बनेको छ। बुद्धका शिक्षाले मानव समाजलाई सहिष्णुता, सद्भाव र सहअस्तित्वको मार्गमा अघि बढ्न प्रेरित गर्दै आएको छ।
नेपालमा बुद्ध जयन्तीका अवसरमा देशभरका विहार, गुम्बा, चैत्य र स्तूपहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप क्षेत्रमा विशेष पूजा, दीप प्रज्वलन, धर्मदेशना तथा शान्ति यात्राहरू आयोजना भइरहेका छन्।
लामा तथा बौद्ध धर्मगुरुहरूले बुद्धका शिक्षामाथि प्रवचन दिँदै मानव जीवनमा नैतिकता, करुणा र सहिष्णुताको महत्वबारे स्मरण गराइरहेका छन्। इतिहासअनुसार ईसा पूर्व ५६३ मा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मिएका बुद्ध राजकीय सुखसुविधाबीच हुर्किए पनि जीवनका यथार्थ—रोग, बुढ्यौली र मृत्यु—सँग साक्षात्कार भएपछि उनले २९ वर्षको उमेरमा राजदरबार त्यागेका थिए।
कठोर तपस्या र ध्यानपछि भारतको बोधगयामा ज्ञान प्राप्त गरेसँगै उनी ‘बुद्ध’ अर्थात् ‘जागृत’ बने। त्यसपछि उनले जीवनभर दुःखको कारण र त्यसबाट मुक्ति पाउने मार्गबारे मानवतालाई मार्गदर्शन दिए।
बुद्ध जयन्ती केवल धार्मिक पर्व मात्र नभई मानवता, शान्ति र सहअस्तित्वको सन्देश बोकेको दिवसका रूपमा स्थापित छ। विश्वभर बढ्दो द्वन्द्व र असहिष्णुताबीच बुद्धको सन्देश अझ आवश्यक बन्दै गएको सन्दर्भमा यो पर्वले समाजलाई शान्ति, सद्भाव र सहअस्तित्वतर्फ अग्रसर गराउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
-
आज बैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा जंगली जनावरको आतंक : हात्ती र चितुवाका कारण बस्ती त्रसित
-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
१८ घण्टा अगाडि
2.3kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा…



